मुख्य समाचार

उपभोक्ता जनहितका लागि नेपाल आयल निगम लिमिटेड सूचना

खाना पकाउने ग्यास (एलपी ग्यास) प्रयोगकर्ताहरुलाई सुरक्षासम्वन्धी जानकारी

एलपी ग्यास अत्यन्तै प्रज्वलनशील पेट्रोलियम पदार्थ भएकोले प्रर्याप्त सतर्कता र सावधानी अपनाउनु जरुरी हुन्छ । खाना पकाउने ग्यासको चुहावटले दुर्घटनावाट बच्न देहायका कुरामा बिशेष ध्यान पुर्याउन सम्पूर्ण उपभोक्तामा अनुरोध छ।

दुर्घटनावाट बच्न ध्यान दिनुपर्ने कुराहरु

१. सिलिन्डर ल्याउँदा वा लैजादा नगुडाऔ भान्सामा सिलिन्डर सधै ठाडो राखौ सुताएर वा घोप्ट्याएर प्रयोग नगरौ।

२. गुणस्तरीय रेगुलेटर, रवर, पाईप, चुलो जस्ता उपकरण मात्र प्रयोग गरौ। हरेक दुई बर्षमा ग्यास पाईप फेरौ खाना पकाउदा सधै झ्याल ढोका खुल्ला राखौ र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौ।

३.  काम सकेपछि सधै रेगुलेटर बन्द गर्न नबिर्सौ।

ग्यास चुहावट भएमा ध्यान दिनुपर्ने कुराहरु

१. खाना पकाउने स्थानमा एलपी ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएको छ भन्ने बुझ्नुपर्छ ग्यास लिक भएमा पहिले रेगुलेटरको र पछि चुलोको नट बन्द गरौ।

२. ग्यास हावा भन्दा गह्रौ हुने हुँदा पिधमा बस्छ, जस्तै : ग्यास चुलो, सलाई, लाईटर, धुप नबालौ बिजुली लगायत कुनै पनि बस्तु नचलाऔ।

३. ग्यास लिक भए सिलिन्डरवाट रेगुलेटर छुटाई भल्बमा सेफ्टी क्याप लगाएर घर बाहिर खुला ठाउंमा राखौ र छिटोभन्दा छिटो नजिकको ग्यास बिक्रेता वा सम्वन्धित ग्यास उधोगलाई खवर गरौ।

सचेत र सावधान हुनु नै सुरक्षित हुनु हो।

सम्पर्क ठेगाना

नेपाल आयल निगम लिमिटेड
केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौँ
फोन न. : ९७७-१-४२६२७८०, ४२६३४८१, ४२६३४८२, ४२६३४८५
फ्याक्स : ९७७-१-४२४३४९९
इमेल : [email protected]
वेवसाईट : http://nepaloil.com.np

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!