स्वास्थ्य

प्राकृतिक गर्भनिरोधक औषधि अरंडि (लेंडी)बारे जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्राकृतिक गर्भनिरोधक औषधिबारे जानकारी

अरंडि (लेंडी) को उपयोग

हाम्रो बारको रूपमा यो लगाउने चलन आजकल हराउदै गएकाले यो लोपोन्मुख हुने अवस्थामा पुग्दैछ । यसको प्रयोग सहि तरिकाले गर्न सकेमा असुरक्षित गर्भ रहनबाट पिल्स चक्किले जस्तै काम यसले गर्ने कुरा जडिबुटी अनुभुत योगमा उल्लेख गरेको छ ।

आजकाल बजारमा पाइने गर्भनिरोधकका अनेकौं विकल्प पहिले देखि नै छन् । यस्ता पिल्स चक्किका साइड इफेक्टबाट बच्न चाहना भए प्राकृतिक गर्भनिरोधक अरंडि थारू भाषामा लेंडी प्रयोग गरेर फाइदा उठाउन सक्नुहुनेछ । प्राकृतिकले हामीलाई यस्ता उपहार दिएको छ तर हामी यस्ता औषधि सेवन गर्न डराउछौं ।

आज हामीले परिवार नियोजन चक्कि जस्तै काम गर्ने अरंडिको बारेका प्रकाश पार्नेछौं । यस्ता जडिबुटी औषधि हाम्रो वरीपरि हुँदा पनि यसको सहि जानकारीको अभावमा उपयोग गर्नबाट बन्चित छौं । यस्ता जडिबुटी हाम्रो बारमा लगाउन सके ठूलो रकम विदेश जानबाट रोकिन सक्ने देखिन्छ । यस्ता औषधि माथि रिसर्च गर्न आवश्यक छ ।

आउनुस् यस बारेमा जानकारी लिने प्रयत्न गरौं यसको प्रयोग गरेर अनावश्यक गर्भ हुनबाट रोक्न कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा लागौं । सवैभन्दा पहिले अरंडीको भित्री गुदा सेतो दानालाई झिकेर महिनावारी भएको दोस्रो तेस्रो दिन पानीसंग खानाले गर्भ रोक्दछ । यदि महिलाले सेक्स गरेको ७२ घण्टाभित्र एउटा दाना सेवन गर्छन् भने Emergency Contraceptive Pill ले जस्तै काम गर्दछ ।

एदि कुनै महिलाले महिवारीको पिरिएडमा ३ दिनसम्म दैनिक एउटा दाना सेवन गर्छन् भने १ महिनासम्म कुनै पनि औषधि सेवन नगरी गर्भधारण हुनबाट रोक्नेछ । यो औषधिको प्रयोग नेपालमा भएको छैन छिमेकी राष्ट्रका केहि गाउहरूमा यो खाने गरेको थाहा भएको छ ।

नोट: हुनत यसको केहि साइड इफेक्ट छैन तर पनि यसको उपयोग गर्नुपुर्व अनुभवी आयुर्वेदिक डाक्टरसंग प्रामर्श लिन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधिको रुपमा दुबोको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!