खानपान

स्वास्थ्यको लागि वियर पिउनुका फाइदाहरु र वेफाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यमा लागि वियरका फाइदाहरु र वेफाइदाहरु । वियर नियमित पिउँदा शरीरमा पानीको कमी हुने खतरा हुँदैन । अमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा, नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ । तर यसले धेरै वेफाइदाहरु र कम फाइदाहरु भएको तथ्य फेला परेको छ ।

यो पनि पढ्नुहोस्

जौको पानी पिउनुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

च्याउका खानुका फाईदाहरु

चिप्ले भिन्डी खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

बेथेको साग र यसका फाइदाहरु

जब हामीले चाहिने मात्रामा प्रशस्त पानी पिउने गर्छौं भने वियरले भन्दा बढी काम गरेको हुन्छ । वियर मानिसले बढी खान सक्छ तर पानी कम खाने गरेको हुनाले नै वियरले पत्थरी फालेको वा कम बनेको हुन सक्छ । आज थुप्रै यस्ता कुरा हामीले पढ्न पाउछौं जस्तै काक्रोमा ८०% पानी हुन्छ तर काक्रो खानाले पत्थरी जम्छ भन्ने अधिकांशको धारणा छ यो नितान्त गलत छ ।

स्वास्थ्यको दृष्टिकोणले वियरले धेरै नोक्सान गर्न सक्छ । वियरका वेफाइदा कलेजोमा यसले नराम्रो असर गर्न सक्छ । अत्यधिक वियरले सिरोसिस अफ लिभरको रोग र फ्याटि लिभर बढाएर लिभर ड्यामेज हुने खतरा बढाउन सक्छ । कुनै पनि बस्तुको फाइदा कति र वेफाइदा कति भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।

Like & Follow us on Facebook

राम्रो वस्तुमा भन्दा नराम्रो वस्तुमा मानीस धेरै झुकेको देखिएको छ । यस्ता गलत कुरामा हामीले समए बरबाद गर्नुभन्दा राम्रो उपचारमा लागौं भन्ने मेरो रायछ । पानी प्रसस्त पिउनुहोस दैनिक आधा घण्टा उफ्रनुहोस् तपाइको पत्थरी आफै झर्ने छ । पत्थरीको उपचार वियर होइन पानी हो यसतर्फ सबैको ध्यान जान जरूरी छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!