खानपान

भोक लागेपछि मात्र खाँदा फाइदाहरु र बेफाइदाहरु

हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन । खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यसो भए समयमै खाने कि भोक लागेपछि ? खाना समय अनुसार र भोक लागेपछि मात्र खाँदा फाइदाहरु र बेफाइदाहरु तल प्रस्तुत गरिएको छ ।

यो पनि पढ्नुहोस्

भोजन व्यवस्थापनद्वारा ग्याष्ट्रिकको उपचार

यसरी गर्नुहोस् ! अम्लिय भोजन र क्षारीय भोजनको सन्तुलन

चिन्नुहोस् ! यस्ता छन् अम्लीय र क्षारीय भोजनहरु

के हो अम्लीय र क्षारीय भोजन ? कसरी राख्ने सन्तुलन ?

भोजन को सँग गर्ने को सँग नगर्ने

दैनिक भोजन गर्ने खानेकुराहरुको फाईदा

भोक लागेपछि खाना खानुका फाइदाहरु

१. शरीरको आवश्यकता पुरा हुन्छ

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

३. थकान कम हुन्छ

४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ

५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदाहरु

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

२. आवश्यकताभन्दा बढि खाइन्छ

३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदाहरु

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

२. एसिडिटी र थकान हुँदैन

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

Like & Follow us on Facebook

समय अनुसार खाना खाँदाका बेफाइदाहरु

१. भोक मर्छ

२. खाना नाश हुन्छ

३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ

४.जबरजस्ती खाँदा खाना रुच्दैन

५. चाँडै थकान हुन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!