हेल्थ टिप्स

सिस्नु खानुका फाइदै फाइदाहरु

सिस्नु नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । सिस्नुको यहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, फलाम, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो ।

काँचो सिस्नु छुँदा पोल्छ भने पकाएर खाँदा फाइदै फाइदा दिन्छ । कुनै बेला गरिबको तरकारीको रुपमा हेरिने सिस्नु अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ । यो मिठो मात्रै होइन यो खानु स्वास्थ्यका लागि उपयोगी छ । यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ । यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छ । सिस्न खाँदा मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ भने गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ ।

छाला र कपालका लागि अति नै राम्रो मानिन्छ । कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ । अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ । सिस्नो जति काट्यो उती बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ ।पिसाब संक्रमण हुनेहरूले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ । शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ । नयाँ रगत बन्नका लागि पनि सिस्नोले धेरै भूमिका खेलेको हुन्छ ।वृद्धवृद्धामा देखिने विभिन्न समस्या हल गर्छ । डिएनए नष्ट हुनबाट बचाउन सिस्नोले भूमिका खेलेको हुन्छ । सिस्नोको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ । औषधिका रूपमा विदेश निर्यात गरेर देशको आर्थिक अवस्था उकास्न सकिन्छ ।

कसरी पकाउने ?

राम्रोसँग पखालेर उम्लेको तातो पानीमा हालेर घोटी–घोटी पकाउने परम्परागत चलन हाम्रोमा छ । यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याँख्ला पनि मिसाइन्छ । विदेशी तरिकाअनुसार बटरमा प्याज, लसुन, लिक, गाँजर र आलु हालेर सिस्नु पकाइन्छ । ब्लेन्ड गरेर छानिन्छ । अन्तमा नुन, मरिच र क्रिम हालेर नेटल सुप भनी सर्भ गरिन्छ ।सिस्नुको चिया पनि त्यतिकै फाइदाजनक मानिन्छ । यो ग्रिन टीजस्तै गरेर पिउन सकिन्छ । त्यस्तै, सिस्नोको जुस पनि स्वास्थ्यका लागि अति नै राम्रो हुन्छ । सजिलोका लागि अहिले सिस्नोको पाउडर पनि सुपरमार्केटमा सजिलै पाउन सकिन्छ । यसलाई पनि सजिलै सुप या तरकारीको रूपमा विभिन्न तरिकाबाट पकाएर खान सकिन्छ । सिस्नोको फूलको पनि सुप बनाउन सकिन्छ । यसलाई भुजा या मकैको च्याँख्लासँग खाँदा मिठो हुन्छ ।

यो पनि पढ्नुहोस्  

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु के के छन् ?

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

स्वास्थ्यको लागि कुन कुन नट्सहरु खाँदा के के फाइदाहरु हुन्छ ?

तामाको भाँडामा राखेको पानी पिउदाका फाइदाहरु

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु के के छन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!