हेल्थ टिप्स

चाँडो बुढो हुन नपरोस् भन्नका लागी ध्यान दिनुपर्ने सुत्रहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मान्छे बुढो किन हुन्छ ? भने प्रसंगमा हाम्रो शरोलाई आवश्यक क्यालोरी नपुग हुनाले मानिस चाँडो बुढो हुने कुरा हालै पत्ता लगेको छ । हामीले खाने गरेका खानेकुरामा कति प्रतिशत क्यालोरी छ भन्ने कुरा अधिकांशलाई थाहै हुदैन यस्ले गर्दा उसले के खादा आवश्यक क्यालोरी पुग्न सक्छ भन्ने कुराको जानकारी हुन आवश्यक छ ।

स्वास्थ्य सम्बन्धी जानकारी सबैले पाउन सके अाफुले खाने गरेको खानामा सुधार गर्न सजिलो हुने थियो भन्ने मलाई लागेको छ । आज असमयमा मानिस बुढो हुनाले उसको आयुमा समेत ठूलो असर पुग्ने गरेको छ । कमजोर शरीर रोगको घर भन्ने उखान नेपालीलाई यथार्थ हुन गइरहेको छ । नेपालीलाई रोग बढी लाग्नाले पश्चिमीहरूलाई बढी फाइदा हुदैछ ।

कस्ता खानेकुराबाट शरीरका लागि उपयुक्त क्यालोरी प्राप्त गर्न सकिन्छ ?

प्रोटिन, मिनरल्स, खनिज, कार्बोहाइड्रेड, विभिन्न भिटामिन प्राप्त हुने खाना मात्रा मिलाएर खानुपर्छ । हामी दाल–भात बढी खान्छौं तर फलफूल, ड्राइ फ्रुट्स, चकलेट, चीज, बटरजस्ता खानेकुरा त्यतिविधि खाँदैनौं । शरीरलाई आवश्यक पर्ने क्यालोरी प्राप्त गर्न यस्ता खानेकुरामा पनि ध्यान दिनु जरुरी छ ।

खानेकुरा

खाने तरिका तथा शरीरलाई आवश्यक पर्ने क्यालोरीको मात्रा ?

शरीरका लागि जरुरी क्यालोरी लिन ब्रेकफास्टदेखि डिनरसम्मको रुटिन बनाउनुपर्छ । दिनको सुरुवात मनतातो पानीबाट गर्दा राम्रो हुन्छ । ब्रेकफास्टमा फ्रुट्सको मात्रा मिलाउनैपर्छ भने लञ्चमा ब्राउन राइस, सागपात तथा अन्य हरिया तरकारी अनि स्न्याक्समा हल्का खाना र रातिको डिनरमा रोटी, सुप, उसिनेका सागसब्जी तथा २ सय ग्राम रोस्टेड वा बोइल्ड चिकेन खाँदा महिलाका लागि आवश्यक १८०० क्यालोरी तथा पुरुषका लागि चाहिने २२०० क्यालोरी प्राप्त हुन्छ ।

खानेकुरा

आज हामी बढी रोगी हुनुको कारण भनेकै आवस्यक क्यालोरी नपुग्नु हो । उपरोक्त विधि अनुसार हामीले आफ्नो खानामा सुधार गर्न सक्छौ भने हामीलाई कुनैपनि रोगले आक्रमण गर्न सक्दैन । जब-जब यो शरीरले आवश्यक क्यालोरी पाउन छाड्छ तब तब फेसमा चाउरी पना आउन सक्छ । नेपालीले खाने खाना भनेकै दाल भात र आलु प्रमुख हो र हामीले दिनमा २ पटक भन्दा बढी खाना नखाने भएकै कारण चाडो बुढो हुन थाल्दछौं ।

खानेकुरा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्   

सधै जवान देखिने तरिकाहरु

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

जीवन उपयोगी स्मरणीय तथ्यहरु

कपाल किन फुल्छ ?

स्वास्थ्य सम्वन्धी केही रोचक जानकारी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!