हेल्थ टिप्स

सिस्नु र यसका फाइदाहरु

सिस्नु नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने पोल्ने हरियो झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, फलाम, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थहरु पाइन्छ । यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो । सामान्यतया यसलाई पकाएर तरकारीको रुपमा पनि खाने गरिए तापनि मानव स्वास्थ्यमा पुर्याउने फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ । सिस्नुलाई हरियो सागका रुपमा, सुकाएर वा पिँधेर धुलो बनाई सुपका रुपमा पनि प्रयोग गर्न सकिन्छ । सिस्नुले स्वास्थ्यमा पुर्याउने केही फाइदाहरुलाई तल उल्लेख गरिएको छ :

सिस्नुका फाइदाहरू

१. सिस्नुमा पोषणको भीषण योग हुन्छ । भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ ।

२. महिलाहरुका लागि सिस्नु एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु-याउँछ ।

३. यतिमात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र कहाँ हो र ? यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ । सिस्नु लाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।

४. कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ ।

५. पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।

६. त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ ।

७. बर्खे ज्वरोमा समेत सिस्नु को सेवनले लाभ पु-याउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।

८. अपचमा पनि सिस्नु सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।

९. शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नुको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।

यो पनि पढ्नुहोस्  

सिस्नु खानुका फाइदै फाइदाहरु

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु के के छन् ?

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!