विज्ञान जिज्ञासा

खाना पकाउन फलामको भाडा किन प्रयोग गर्ने ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

फलामको भाडाकुँडामा खाना पकाउदा या खाँदा हाम्रो शरीरमा फलाम तत्वको मात्रा बढ्छ जसले शरीरमा हेमोग्लोबीनको मात्रालाई ठिक राख्छ । साथै यसको प्रयोगले हाम्रो पेट र पाचनको समस्यालाई पनि निर्मूल गर्न मद्दत पुर्‍याउँछ ।

फलामका भाडाकुँडालाई शुभकार्यमा प्रयोग गरिन्छ र यसलाई दान गरेको खण्डमा भाग्य चम्किने विश्वास छ । आज हामीले अधिकांश घरमा प्राय: स्टिललका भाडामा खाना खाएको देखेका छौं । व्लडको कमी त हाम्रो भान्सादेखि नै सुरु भएको छ । आइरनको कमी किन हुदैछ नेपाली सारालाई हरेकले यो बुझ्न आवश्यक छ । हामीले स्वास्थ्यलाई हेर्ने र गर्ने सिस्टम नै कमजोर छ कति दिनसम्म चल्न सक्छ ।

हाम्रो भान्सामा चामल पालिस लगाएको छ । आलु पकाउदा बोक्रा फालेर पकाउछौं । रोटी पनि फलेको आटाको छ । उमार्नेदेखि फलाउनेसम्म र पकाउनेदेखि खाने बेलासम्म दु:खी खाना छ रोग नलागे के लाग्छ । आयोडिनयुक्त नुन सरकारले हरेक घरमा पुरायको छ तर थाइराइडको औषधि पनि हरेक घर-घरमा खाने व्यक्तिको घरसम्म पुगेको छ । थाइराइड किन यसरी बढेको छ ? आलुको बोक्रामा, चामलको बोक्रामा, नुनमा आयोडिन छ तर किन व्यक्तिलाई आयोडिन पुगेको छैन । यसको ठोस कारण हो खान नजान्नु ।

आयोडिनयुक्त नुन पकाएर खाएमा आयोडिनयुक्त तत्व समाप्त हुनसक्छ । आयोडिनयुक्त नुन खुला राख्नु हुदैन । आयोडिन यदि मानिसलाई बढी भएमा पनि क्यान्सर हुने सम्मभावना देखिन्छ । यो सवै हाम्रो भान्सामा कम्जोरी हुनाले देखिएको रहेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

किन कालो चिया नै खाने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!