स्वास्थ्य

पिसाबमा हुने संक्रमणको कारण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पिसाबमा हुने संक्रमणको कारण र उपचार । यो रोगमा प्राय: पिसाब बढी पोल्ने थोरै थोरै पिसाब हुने, ज्वरो आउने, पिसाब फेर्दा दुख्ने जस्ता समस्या देखिन थाल्दछ । आजकल यो रोग धेरै पाइएको छ । यो रोग लागेका पुरूषमा भन्दा महिलामा सामान्य देखिन्छ ।

कारण (Etiology)

यो रोगमा प्राय (B.Coli) पाइन्छ । गोनोकोकाई, न्यूमोकोकाई, बी प्रोटिश, बी टाइफस जस्ता रोगहरूको आक्रमणले पनि यस्तो समस्या पिसाबमा देखिन थाल्दछ ।

परिक्षण (Diagnosis)

१. पिसाबको जाँच (Urine Test)

(i) अल्वुमिन,आर.बी.सी., डब्लु.बी.सि. टेस्ट गर्नाले इपिथीलियन सेल्सको उपस्थित हुन सक्छ ।

२. रगतको परिक्षण (Blood Test)

(i) रगतको जाँच गर्दा पालीमार्फोन्यूक्लियर ल्यूकोसाइटोसिस पाइन्छ ।

(ii) एक्सरे परिक्षण गर्नाले के कारणले पिसाब खराब भएको थाहा हुन सक्छ ।

उपचार (Treatment)

१. नाइट्रोफूरान्टिन (Nitrofurantoin (Furantin) १००मि. ग्राम औषधि दिनमा २ पटक खान दिने ।

२. डिजे सिट्रोल (DJ-Citral ) २ चमच एक गिलास पानीमा राखेर दिनमा ३ पटक खाने ।

नोट: कुनै पनि उपचार गर्नुपूर्व सम्बन्धित चिकित्सकको परामर्श लिएर सेवन गर्नु राम्रो हुनेछ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

पिसाब चुहिने समस्याको उपचार

पिसाब चुहिने समस्याको निदान

पिसाब चुहिने अवस्थाको प्रकार

किन पिसाब रोक्न सकिँदैन ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!