स्वास्थ्य

प्रोस्टेटको समस्या, लक्षणहरू र उपचार

 डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रोस्टेटको समस्या, लक्षणहरू र उपचार । प्रोस्टेट पुरूषको प्रजनन प्रणालीमा पाइने एउटा ग्रन्थी हो । यसको आकार सामान्यतया ओखरको दाना जत्रो हुन्छ । यदि यसको आकारमा असमान्य वृद्धि हुन गएमा यस्लाई BPH (Benign Prostatic Hyperplasia) भन्दछन् ।

लक्षणहरू (Symptoms)

१. पटक पटक पिसाब गर्न मन लाग्ने ।

२. पिसाब पोल्ने ।

३. पिसाब फेर्दा दुखाई महसुस हुने ।

४. मुत्रासय पुरा मात्रामा खाली नहुने ।

५. कमजोर मूत्र प्रवाह ।

यो रोग लागेमा कसरी बच्ने

१. दैनिक तरल पदार्थको सेवन २ लिटर भन्दा कम गर्ने ।

२. रक्सी,केफिन र अण्डाको सेवन कम गर्ने वा बन्द गर्ने ।

३. बेलुकाको भोजन पश्चात तरल पदार्थको सेवन नगर्ने ।

४. भिटामिन सि युक्त खाना (गोलभेडा,कागती) आदि साग सब्जी गाजर जस्ता खानाहरू बढी खाने ।

कमसे कम ३ घण्टामा एक वा दुई पटक कोशिस गर्ने र पिसाब गरिसकेपछि एकछिन प्रतीक्षा गर्ने र फेरि पिसाब गर्न प्रयत्न गर्ने (Double Voiding) नियमित हल्का व्याम गर्ने ।

उपचार (Treatment)

१. Prostonum Drops SBL (होम्योपैथीक औषधि ) १०,१५ थोपा औषधि १/४ भाग जति पानीमा राखेर खाने ।

२. स्पेमेन (Spemen) २ गोली दिनमा २ पटक दिने ।

३. Pyridium १ टेब्लेट दिनमा २ पटक दिने ।

४. Testoviron(Testosterone Propionate) 25 mg हप्तामा २ पटकसम्म दिन सकिन्छ।

नोट : उपचार गर्नु पुर्ब डाक्टरसंग परामर्श लिनु भएको खण्डमा राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

पिसाब चुहिने समस्याको उपचार

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कब्जियत र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!