स्वास्थ्य

मस्तिष्कलाई आघात पुर्याउने १० आनी-बानीहरु

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

मस्तिष्कलाई आघात पुर्याउने १० आनी-बानीहरु 

१. बिहानको नास्ता नखाने बानी

बिहान समयमै नास्ता नलिदा लामो समयसम्म रगतमा ग्लूकोजको मात्र कम हुन पुग्छ । यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन् ।

२. औधि प्रतिक्रियात्मक हुनु

साना-साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्कलाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन ।

३. धूम्रपान, मद्यपान र लागू पदार्थको सेवन

यस्ता पदार्थले मस्तिष्कको रक्तसञ्चार लगायत अन्य क्रियाहरुमा बाधा पुर्याउँछ । यस्ता पदार्थले मस्तिष्कको क्रियामा पनि असर पुर्याउँछ र मस्तिष्क संकुचित हुनका साथै मस्तिष्क कोषहरुको क्षय हुन्छ ।

४. प्रशस्त पानी नपिउने बानी

पानी कम पिउँदा निर्जलतका कारण मस्तिष्कका कोषहरु मर्दछन् ।

५. गुलियोको अत्याधिक सेवन

धेरै गुलियोको सेवनले अन्य पौष्टिक तत्वहरुको अबशोषणमा दखल दिन्छ फलतः मस्तिष्कका लागि चाहिने पदार्थहरुको कमी हुँदा मस्तिष्कको विकाश हुन सक्दैन र यसले राम्ररी काम गर्दैन ।

६. वायु प्रदुषण

प्रदूषित वायुमा अक्सिजनको मात्रा काम हुने हुँदा कम अक्सिजन कारणले ब्रेन ह्यपोक्सिया हुन्छ र मस्तिष्कलाई आघात पुग्छ।

७. अनिंद्रा

निंद्राले मस्तिष्कलाई आराम दिन्छ । लामो समयसम्म नसुत्दा अनिन्द्राकै कारणले ब्रेन सेलहरु मर्दछन् ।

८. वैचारिक विश्लेषण नगर्ने बानी

वैचारिक विश्लेषण नगर्दा मस्तिष्कको सम्पूर्ण क्षमता विकास हुन सक्दैन ।

९. भावनात्मक अशान्ति

काम, क्रोध, लोभ, मोह, अहंकार, राग, द्धेष, मृत्युको भय, मपाईत्व जस्ता कुराले मस्तिष्कलाई जहिले पनि आघात पुर्याउँछ ।

१०. बिरामी हुँदा पनि मष्तिष्कलाई आराम नदिनु

बिरामी हुँदा मस्तिष्कलाई आराम नदीदा मस्तिष्कको क्रिया गडबडाउछ र मस्तिष्कलाई अघात पुग्दछ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

उमेरसँगै मस्तिष्क सुस्त हुने

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

मस्तिष्क रक्तस्रावको कारणहरु, लक्षणहरु र उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!