स्वास्थ्य

बैज्ञानिक अनुसन्धानको पुष्टि ! तामाका भाँडामा राखिएको पानी पिउदा स्वास्थ्यमा फाइदा हुने

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

बैज्ञानिक अनुसन्धानको पुष्टि ! तामाका भाँडामा राखिएको पानी पिउदा स्वास्थ्यमा फाइदा हुने ! परापूर्वकालदेखि घरेलु भांडाकुँडाको रूपमा प्रयोग गरिदै आएको तामाका भाड़ाहरु उपयोग गर्दा स्वास्थ्यमा राम्रो असरपर्ने तथ्य त सुन्दै आएका थियौ तर यो परम्परागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाएको छ। हालसालै अमेरिकामा गरिएको अनुसन्धानले तामाका भाँडाकुँडामा खानेकुरालाई दूषित गरी विषाक्त बनाउने जीवाणुहरुलाई मार्न सक्ने अदभूत क्षमता रहेको तथ्य पत्ता लागेको छ। परीक्षणमा स्टीलका भांडाहरुमा १ महीनासम्म जीवित रहने “ई-कोली” नामक जीवाणु तामाका भांडाकुंडाहरुमा चार घण्टा भन्दा ज्यादा बाच्न नसक्ने तथ्य फेला परेको छ । त्यसैगरी बेलायतको बर्मिघम सहरको एउटा अस्पतालमा गरिएको अनुसन्धानले पनि यो तथ्यलाई पुष्टि गरेको छ । अस्पतालमा गरिएको शोधमा परम्परागत ट्वाइलेटमा प्रयोग भएका शिट, धारा, हैण्डल, पुश-प्लेटलाई हटाएर तामाका सामग्रीहरु प्रयोग गर्दा परम्परागत शौचालयको तुलनामा तामाका सामग्री जोडिएको सतहमा जीवाणुहरुको संख्या ९० देखि १०० % कम पाईएको थियो ।

वैज्ञानिकहरूका अनुसार तामा धेरै उपयोगी धातु हो । तामाको भाँडामा राखेको पानी पिउनाले छाालामा निखार आउछ । त्यसै गरी पेट तथा उदर रोगमा पनि विशेष फाईदा पुग्दैछ । पेटका कृमीहरु नाश गर्दछ । अपच, अजीर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमां पनि बिशेष फाइदा पुर्याउँछ । यसैगरी डन्डिफोर, घमौरा, लुतो, पिलो, घाऊ, खटिरा आईरहने अबस्थामा पनि तामाको भाँडामा राखेको पानीले फाइदा पुर्याउँछ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

उभिएर किन पानी पिउन हुँदैन ?

तामाको भाँडामा राखेको पानी पिउदाका फाइदाहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!