हेल्थ टिप्स

मालिसका फाईदाहरू

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

मालिस प्राकृतिक चिकित्सा पद्धतिहरुमध्येको अत्यन्त लोकप्रिय उपचार विधि हो । मालिस गर्दा स्नेहन द्रव्यको रुपमा विशेषत: औषधिय तेलहरुको प्रयोग गरिने गरिन्छ । राम्रोसंग मालिस गरे विभिन्न समस्याहरूबाट मुक्तिपाई स्वस्थ्य जीवन जीउन सकिन्छ । मौसम परिवर्तन, वातवारणीय प्रदूषण, गलत आहार विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिले शरीरका विजातिय द्रब्यहरूको संकलन हुन गई रोगको प्रकोपलाई वढाउदछ । शरीरमा विजातिय द्रब्यहरूको संकलित भएपछि विभिन्न प्रकारका रोगको प्रकोप वढ्दछ । फलतः व्यक्ति रोगी हुन पुग्दछ । प्राकृतिक चिकित्साको सिद्धान्त अनुसार यी विजातिय द्रब्यहरूलाई निस्कासन गरे रोगी पुनः स्वस्थ्य जीवनमा फर्कन्छ ।

मालिस गराउनु पूर्व प्राकृतिक चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, व्यक्तिको बल, वय (उमेर) र रोगावस्था आदिको वारेमा पूर्ण जानकारी लिनेछन् । मालिसको प्रकार, समय, मालिस कला र स्नेहन द्रव्यको (तेल) छनोट व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ । संकलित विजातिय द्रब्यहरूको अवश्थालाई हेरेर विभिन्न प्रकारका तेलहरूको प्रयोग नै प्राकृतिक मालिसको विशेषता हो । यी औषधिय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै प्राकृतिक मालिस हो ।

फाइदाहरु

व्यस्तताले भरिएको तनावग्रस्त आधुनिक जीवनशैलीका लागि मालिस अमृत समान हो । विशेषतः थकाई तनाव चिन्ता दुखाइ जस्ता रोगहरुमा मालिस अत्यन्त लाभदायक छ । तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक सुन्निएको अवस्थामा मालिस गराउनु हुदैन । उपयुक्त औषधिय द्रब्यहरूको छनोट गरेर गराइएको मालिसले स्वस्थ्य जीवन चाहने जो कोहिलाई पनि पोषण गर्दछ ।

१. निद्रा सम्वन्धि समस्यहरु जस्तै, निद्रा नआउने, विचविचमा निद्रा टुटिरहने, गहन तथा आरमदायी निद्राको अवस्थासम्म पुग्न नसक्ने, स्वप्ना ज्यादा देख्ने, निद्रामा बरबराउने आदि समस्यमा लाभदायक छ ।

२. त्वचाको रक्तसंचारलाई वढाएर भोजनवाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसंचार हुने, त्वचाको वाह्य स्थानसम्म पुर्याई पोषण गर्दछ । फलतः मृत कोषहरु हटाएर त्वचालाई सून्दर बनाउछ ।

३. मल मुत्र, स्वेद जस्ता विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।

४. जोर्नीहरुको कार्यक्षमता वढाई शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ ।

५. इन्द्रियहरु निर्विकार हुन्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छ ।

६. तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जिवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा मालिस साहयक छ ।

७. कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने, चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, नसाहरु साघुरिएर रक्तचाप वढ्ने जस्ता समयस्यमा लाभकारी छ ।

८. धातु क्षयलाई रोक्दछ । प्राणको सञ्चरण सूचारु गरी अनुहारमा चमक ल्याउदछ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

प्राकृतिक चिकित्सामा भान्साको वर्गीकरण

प्राकृतिक चिकित्साका अनुसार रोगका कारणहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!