यौन जिज्ञासा

पाको उमेर र सेक्स

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

पाको उमेरमा सेक्सप्रति रूची नहुन सक्छ । तर खानपिन राम्रो छ भने कुरै अर्को हुन्छ । सेक्स स्वस्थ रहन अपरिहार्य छ । आज विज्ञानको युग हो विज्ञानले बताएको कुरामा हामीले विश्वास गर्नुपर्छ । चाहनालाई दवाउने कोसिस गर्नु भनेको डिप्रेसन बढाउनु हो । परिवारमा सेक्स दवाउनाले धेरै समस्याहरू बढेको हामीले पाएका छौ ।

यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ । दुर्भाग्यवश, पाको उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ।

कतिपय व्यक्तिलाई असहज लागेपनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो । पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भएपनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भएपनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन ।

उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो । यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ।

पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ । सेक्स भनेको स्वास्थ्य पनि हो हामीले पारिवारिक जीवन सफल होस भन्ने चाहना भएमा यस्को लाभ उठाउन जान्नुपर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

सेक्स सन्तुष्ति नहुनुका कारणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!