आयुर्वेद

औषधीको रुपमा वंशलोचनको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधीको रुपमा वंशलोचनको प्रयोग ! वंशलोचन भन्ने कच्चा पदार्थ बासबाट प्राप्त हुने भएकाले वंशलोचन हुन गएको देखिन्छ । यस विषयमा केहिको मान्यता छ । वंशलोचन एउटा प्राकृतिक कैल्शियम पनि हो । आयुर्वेदको दृष्टिले धेरै प्रकारको औषधि बनाउनमा यसको उपयोग हुन्छ ।

वंशलोचन हेर्दा सेतो धुलो जस्तो देखिन्छ । सेतो दाना जस्तो देखिने यो औषधि धेरै उपयोगी छ । यसको पाउडर बजारमा पनि उपलब्ध छ । आजकाल हरेक वस्तु डुव्लिकेट बजारमा आएको छ । वंशलोचन चिनेर मात्र खरिद गर्न वा योग्य वैद्यको रेखदेखमा खरिद गरेर उपयोग गर्न सक्नु हुन्छ ।

बास

वंशलोचनको उपयोग

१. १० बर्ष भन्दा कम उमेरको बच्चालाई आधा ग्राम जति वंशलोचनको चूर्णलाई २ चम्चा मह मिलाएर चटाउनाले कफ खोकी निको हुन्छ ।

२. दम खोकीका विरामीलाई २०,२० ग्राम वंशलोचन पिपला मिलाएर पिस्नु र २ ग्रामको मात्रामा एक चमच मह मिलाएर खाली पेट सेवन गराउनाले ठिक हुन्छ

३. असमयमा हुने गर्भपतन रोक्न आधा ग्राम जति वंशलोचन दूधमा राखेर खानाले यो समस्या हल हुन्छ ।

४. गर्भवस्थामा यदि वंशलोचन खान दिनाले बच्चाको स्वास्थ्य ठिक हुनुको साथै बच्चा गोरो हुने आयुर्वेदमा भनेको छ ।

५. हात र पैताला पोल्ने समस्या भएकाहरूको लागी पनि वंशलोचन उपयोगी छ । वंशलोचन १ ग्राम १ चमच महसंग दिनमा एकपटक मात्र खानाले यो रोग निको हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधीको रुपमा तितेपातीको प्रयोग

औषधीको रुपमा घिउ कुमारीको प्रयोग

औषधीको रुपमा सिमालीको प्रयोग

औषधीको रुपमा कपुरको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!