स्वास्थ्य

जान्नुहोस् ! कब्जियतको कारण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जान्नुहोस् ! कब्जियतको कारण र उपचार । आजकल अधिकांश व्यक्तिहरू कब्जियत रोगको चपेटामा देखिन्छन् । हरेक व्यक्तिलाई २४ घण्टामा एक पटक दिशा खलास हुन आवश्यक छ । यदि २४ घण्टाभित्र दिशा खलास हुदैन भने त्यसलाई कब्जियत भन्दछन् । रोग लाग्नुको पछि यसको पनि ठूलो हात हुन्छ ।

सम्पुर्ण रोगको जड कब्जियत भन्दा पनि खासै फरक पर्दैन । हामीले जति खाना खान्छौं त्यही अनुपातमा दिशा खलास हुनुपर्छ तर हुदैन भने यसले ग्यास्ट्रिक, अल्सर, अरूचि जस्ता समस्या निम्ताउने खतरा बढ्न सक्छ । मोटोपना ल्याउनुमा यस्को ठूलो हात छ ।

यो रोगको परिचय (Definition)

Constipation is insufficient action of the bowels, delay in the passage of the contents of the intestine, causing hard, dry faces (Scybala). – Savill’s System of clinical Medicine

रोगको प्रमुख कारण (Causes)

१. निम्न स्तरको फाइबरयुक्त भोजन अत्याधिक सेवन गर्नाले पनि कब्जियत हुन सक्छ ।

२. शारारिक परिश्रम नगर्ने ठग प्रबृतिको व्यक्तिलाई यो रोग अत्याधिक पाइन्छ भने जसले हरियो सागसब्जी खान रूचाउदैन त्यस्ता व्यक्तिलाई यो रोगले सताउने गरेको छ ।

३. गर्भ अवस्थाको कारणले गर्दा ।

४. औषधिको अत्याधिक सेवनको कारणले गर्दा ।

५. लिभर सम्बन्धी रोगमा ।

औषधि उपचार (Medicinal Treatment)

१. हर्रो, बर्रो, अमलाको मिश्रणलाई त्रिफला भन्दछन् यो औषधि आयुर्वेदिक कम्पनीले तयार गरेर बजारमा ल्याएको छ । नियमित १ चमच औषधि दुधसंग नित्य सेवन गर्नाले यो रोगमा स्थायी फाइदा हुन सक्छ ।

२. इसबगोल भूसि यो औषधि नित्य राती सेवन गर्नाले नियमित दिशा खलास खर्दछ ।

३. ग्लिसरीन सपोजीटरी गुद्धद्वारमा राख्नाले पनि तुरुन्त फाइदा दिन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कब्जियत र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!