खानपानहेल्थ टिप्स

जान्नुहोस् ! कुन रोगले सताउँदा कुन जुस खाने ?

जान्नुहोस् ! कुन रोगले सताउँदा कुन जुस खाने ? हामी विभिन्न फलफुलहरुको जुस बनाएर खाने गर्छौं । फलफुलको जुस खानु स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । फलफूलका जुसहरुले हाम्रो स्वास्थ्यमा आउने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छ । त्यसैले हामीले जुस खाँदा हामीलाई कुन जुसले कस्तो फाइदा पुर्याउँछ भन्ने कुराको जानकारी भयो भने झन् बडी लाभ मिल्छ । कुन रोगले सताएको समयमा कुन जुस खाने भनेर राम्रोसँग बिचार पुर्याएर खाने गर्नुपर्छ । कुन रोगले सताउँदा कुन जुस खाने भन्ने कुराको जानकारी यस प्रकार छ ।

१. भोक नलाग्दा

भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागती पानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ ।

२. रगत सफा गर्न

शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ ।

३. दमको समस्या

दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

४. उच्च रक्तचाप

उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ ।

५. निम्न रक्तचाप

लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।

६. जन्डिस

जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।

७. अनुहारको दाग

अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ ।

८. क्यान्सर

क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस् 

क्यान्सर रोकथाममा मकै

क्यान्सर रोगीले खानैपर्ने जुसहरु

क्यान्सरका लक्षणहरु र बच्ने उपायहरू

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!