स्वास्थ्य

मुखभित्र आउने घाउको कारणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मुखभित्र आउने घाउको कारणहरु र उपचार । आजकल यो रोग धेरैलाई देखिएको छ । यो रोग भिटामिन बि कम्पेक्सको कमीले हुने गरेको छ भन्ने विश्वास अधिकलाई छ । मुखमा छाला, घाउ पैदा हुनुमा थुप्रै कारणहरू छन् यस बारेमा पब्लिकले जानकारी पाउन आवश्यक छ । यो रोगलाई (Stomatitis) भन्दछन् ।

यो रोगको पहिलो कारण (General Causes)

१. तातो तातो खानाको कारणले पनि छाला डडेर यस्तो समस्या निम्तन सक्छ ।

२. अत्यधिक अन औषधिको सेवनले पनि हुन सक्छ।

३. भिटामिन ‘बी’को अभाव र भिटामिन सीको कमी ले पनि यस्तो हुन सक्छ ।

४. पर्नीसियस अनिमिया, स्प्रु (Sprue) बेरी-बेरीको अभावले पनि हुन सक्छ ।

कारणहरु (Causes)

१. स्थानीय कारण (Local Causes)

क) सुर्तीजन्य पदार्थ,रक्सी (एल्कोहल) लोकल रक्सीको सेवन ।

ख) ब्राडस्पेक्ट्रम एण्टिवायोटिक औषधिको कारणले यस्तो समस्या निम्तन सक्दछ ।

ग) Gastro Intestinal Diseases को कारणले पनि यस्तो समस्या निम्तन सक्छ ।

उपचार (Medicinal Treatment)

१. Gastro Intestinal Disease को कारणले भएको भए Ranitidine 150 mg दिनमा २ पटक खाना अघि ।

२. Antacid Tablet १ गोली दिनमा ३ पटक चुस्ने ।

३. Vitamin B Complex with C १ क्यापसुल दिनमा २ पटक ठिक नहुदासम्म लिनुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कब्जियत र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!