ज्योतिषशास्त्र

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ? मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । ज्योतिषशास्त्र अनुसार यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरीरमा विभिन्न अंगहरूले वेला वेलामा संकेत देखाई राखेका हुन्छन । शरीरमा विभिन्न प्रकारका कम्पहरू वेला वेलामा भइरहन्छन् । कुनै अंग विशेष हुने यस्तो कम्पनलाई अंगस्फुरण भनिन्छ । यसरी स्वस्थ अवस्थामा कुनै अंग विशेष फरफराउदा के फल हुन्छ भन्न्ने कुरा पनि ज्योतिष शास्त्रले बताएको छ । यस्तो फलको भोगी हुन सर्वप्रथम शरीर स्वस्थ हुनु आवश्यक छ । रोगी शरीरमा अंगस्फुरणको कुनै फल हुँदैन । विभिन्न सकुनले शुभाशुभ बताएजस्तै अंगस्फुरणले पनि व्यक्तिको जीवनमा शुभाशुभको संकेत गरिरहेको हुन्छ । यस्तै सङ्केतन मध्येको एक अंग फरफराउनु पनि हो । शरीरका लक्षण जस्तै अंग अनुसार फरफराएको शुभाशुभ फल ज्योतिष शास्त्रमा बताइएको छ ।

मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरिरको विभिन्न अंग फरफराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ भन्ने जनविश्वास छ । समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फरफराउँदा भविष्यमा कस्ता घटना घट्न सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । शरीरको अंगहरू फरफराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाका बारे संकेत गर्ने गर्छ । वर्तमान समयमा यी कुराहरू विश्वास गर्न निकै कठिन हुने भएपनि यसलाई पुरै वेवास्ता भने गर्न सकिन्न । थाहा पाईराखौ शरीरको कुन अंग फरफराउँदा कस्तो संकेत गर्छ ?

१. टाउको फरफराए

टाउकोको अलग-अलग भाग फरफराउँदा त्यसले पनि फरक-फरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फरफराउँदा तपाईले राखेको इच्छाहरू पुरा हुन सक्छ । शिरको मध्य भाग फरफराए अभीष्ट पूरा हुन्छ अर्थात् सोचेका काम पूरा हुन्छन् भनी बताइएको छ । यसैगरी शिरको पछाडिको भाग फरफराए यात्रा हुन्छ । दाहिने शिर फरफराए झन्झट आइपर्न सक्छ । विशेषतः राती जन्म भएका व्यक्तिका लागि शरीरको वायँ भाग फरफराएको शुभ मानिन्छ भने दिनमा जन्म भएकाका लागि शरीरको दायाँ भाग फरफराएको शुभ मानिन्छ । निधार फर्फराएमा स्थानवृद्धि हुन्छ । आँखी भौँ फरफराए प्रियव्यक्तिको मिलन हुन्छ ।

२. आँखा फरफराए

दाया आँखाको तल्लो भाग फरफराए प्रतिष्ठा मिल्छ भने वायाँ आँखाको तल्लो भाग फरफराए खर्च बढ्ने गर्दछ । रातमा जन्म हुनेका निम्ति दाया आँखा फरफराए अशुभ मानिन्छ भने वायाँ आखा फरफराएको शुभ मानिन्छ । आँखा फरफराए प्रिय वस्तुको प्राप्ति हुन्छ भन्ने फल छ । दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँदा तपाईले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुन्छ ।

३. कान फरफराए

कान फरफराए राम्रो कुरा सुनिन्छ । नाक फरफराए सुगन्ध मिल्छ । दायाँ कान पदोन्नतिकारक हुन्छ भने वायाँ कान फरफराए दुःख दिन्छ ।

४. गाला फरफराए

गाला फरफराए प्रियवस्तुको प्राप्ति हुन्छ भनी ज्योतिःसारमा बताइएको छ । त्यस्तै दुवै गाला फरफराउँदा भने धन प्राप्त हुन्छ ।

५. काँध फरफराए

दाहिने काँध फरफराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ ।

६. ओठ फरफराए

यदी तपाईको ओठ फरफराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

७. जिभ्रो फरफराए

जिभ्रो फरफराए मिष्टान्न भोजनत प्राप्त हुन्छ ।

८. हात फरफराए

हात फरफराए यात्राको अवसर मिल्छ । हात फरफराए यात्राको अवसर मिल्छ । कुइनो फरफराउनु भने शुभ मानिदैन । पाखुरा फरफराए मित्रभेट हुन्छ ।हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।

९. घाँटीको कण्ठ फरफराए

घाँटीको कण्ठ प्रदेश फरफराए वस्त्राभुषण प्राप्त हुन्छ । घाँटी फरफराए राज्यबाट सम्मान मिल्छ ।

१०. पिठ्युँ फरफराए

पिठ्युँ फरफराए अर्काले कुरा काट्छन् भने स्कन्ध फरफराए धनागम हुन्छ भनी बताइएको छ ।

११. खुट्टा फरफराए

दाहिने खुट्टा फरफराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ । खुट्टाको औँला फरफराए लाभ हुन्छ । पैताला फरफर गरे यात्रा गर्नु पर्ने फल बताइएको छ । पिडुडा फरफराए शत्रुभय हुन्छ । वायाँ घुँडा फरफराए प्रेमी मिलन हुन्छ भनी सुलभ ज्योतिषमा उल्लेख गरिएको छ । घुँडा फरफराए वस्त्र लाभ हुन्छ ।

१२. शरीरको मध्ये भाग फरफराए

हृदय फरफराए अभीष्ट सिद्धि हुन्छ । पेट फरफराए भाग्य बढ्ने हुन्छ । कमर फरफराए सवारी साधन मिल्छ । गुदा फरफर्राए परस्त्री भोग हुन्छ । स्तन फरफराए मनले चिताएको पुग्ने हुन्छ भने छाती फरफराए धन प्राप्त हुन्छ ।

१३. चिउडो फरफराए

समुन्द्र शास्त्रका अनुसार जुन व्यक्तिको चिउडो फडफडाउँछ, उक्त व्यक्तिलाई स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

यो पनि पढनुहोस्

मानिसको शरीरमा आउने खराब कोठीको पहिचान

मानिसको छालामा आउने कोठी के हो ?

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!