स्वास्थ्य

महिलाको शरीरमा अनावश्यक रौँ आउने कारणहरु

महिलाको शरीरमा अनावश्यक रौँ आउने कारणहरु ! पुरुषमा दाह्री–जुँगा आउनु एउटा स्वाभाविक जैविक प्रक्रिया हो । तर, कतिपय महिलाको समेत अनुहारमा अनावश्यक रौँ आउने गर्छ । पुरूषहरूको दाह्री जुगाँ आएको हुन्छ तर पनि अपवादमा केही केही महिलाहरूको पनि दाह्री जुँगा आएको देखिन्छ । यसलाई समस्याका रूपमा हेरिन्छ । महिलामा अनावश्यक रूपमा दाह्री–जुँगा पलाउनुलाई समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ ।

कतिपय अवस्थामा जिस्क्याएर अपमानित पनि गरिन्छ । तसर्थ, अनावश्यक रौँकै कारण महिलाहरू मानसिक रूपमा पीडित भएको पाइएको छ । हुन पनि दाह्री–जुँगा आउँदा महिलाको सौन्दर्यमा नै असर परिरहेको हुन्छ । जसकारण वेलावेलामा लेजर तथा कस्मेटिक पद्धतिद्वारा रौँ हटाउनुपर्ने झन्झट हुन्छ ।

रौँ आउने कारण

१. महिलामा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढी भयो भने शरीरका विभिन्न भागमा पुरुषको जस्तै बाक्ला रौँँ आउँछन् । टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषमा बढी हुने यो हर्मोन महिलामा पनि केही मात्रामा हुन्छ । महिलामा यसको मात्रा बढ्न गयो भने पुरुषमा जस्तै रौँ पलाउन थाल्छन् । टेस्टोस्टेरोन हर्मोन बढ्दा महिलामा दाह्रीजुँगा आउने, छाती तथा यौनांगमा धेरै रौँ आउने हुन्छ । त्यसैगरी छाती, पेट, हात, खुट्टा तथा यौनांगमा समेत अनावश्यक रौँ देखा पर्छ ।

२. पोलिसिस्टिक सिन्ड्रोमका कारण पनि महिलाको शरीरमा पुरुषमा जस्तो रौँ देखा पर्छन् । महिलाका सेक्स हर्मोन एस्ट्रोजिन र प्रोजेस्टेरोनको सन्तुलन गुम्नुलाई पोलिस्टिक सिन्ड्रोम भनिन्छ । यसले महिलाको महिनावारी प्रक्रिया, गर्भधारण लगायतमा त असर पार्छ नै अनावश्यक रौँ पनि उमार्न भूमिका खेल्छ ।

३. महिलाको डिम्बाशयमा कुनै ट्युमर छ भने पनि शरीरमा धेरै रौँ उम्रिने हुन सक्छ । ट्युमरको असर रौँमा देखिएको हुन सक्छ ।

४. पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथिपट्टि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामको अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

५. स्वास्थ्यमा आउने गडबडी, विनाकारण हुने इडियोपार्थिक, पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्मोन गडबड हुने कारणले पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

६. छालासम्बन्धी रोग, थाइराइडमा समस्या, पेटमा हुने समस्या भएमा पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

७. वंशानुगत गुणका कारण पनि पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

कसरी हटाउने ?

रौँ हटाउन अस्थायी र स्थायी दुइटा तरिका अपनाउन सकिन्छ । स्थायी रूपमा हटाउन थे्रडिङ गर्ने । घरेलु उपाय अनुसार कपडामा चिनी लगाएर निकाल्ने । एपोलिङ र वासिङजस्ता विभिन्न तरिका अपनाउन सकिन्छ । बजारमा पाइने कपाल हटाउने क्रिमको प्रयोग गरेर अस्थायी रूपमा हटाउन सकिन्छ । जो कपालको प्रकृति हेरी हप्ता वा महिनादिनको फरकमा प्रयोग गर्न सकिन्छ ।

चिकित्सकीय विधिद्वारा लेजर गरेर कपाल स्थायी रूपमै हटाउन मिल्छ । कपाल उत्पादन गर्ने एड्रिनल ग्रन्थि मिर्गौलाको ठीक माथि हुने भएकाले यसको उपचार सामान्य तरिकाले गर्न सकिँदैन । तर, चिकित्सकीय विधि लेजरका माध्यमले समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्   

महिलाको अनुहारमा दाह्री जुँगा किन आउदैन ?

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

दाह्रीजुँगा पाल्नुका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!