खानपान

कुन ऋतुमा के खाने के नखाने ?

कुन ऋतुमा के खाने के नखाने ? खानेकुरा अनिवार्य र आवश्यक तत्व हो । खानेकुराविना जीवन चल्दैन । खानपान मानव जीवनका दिनचर्या हुन् । मानव जीवनमा श्रमबाट अन्न मिल्छ, अन्नबाट रस, रसबाट रक्त, रक्तबाट मासु, मासुबाट बोसो, बोसोबाट हड्डी, हड्डीबाट मज्जा, मज्जाबाट विर्य, विर्यबाट ओज, ओजबाट तेज, तेजबाट श्रमशक्ति मिल्दछ । हरेक ऋतुका लागि सोहि अनुसारको खानेकुरा प्रकृतिले दिएको छ । यसरी प्राकृतिक रुपमा उत्पादन भएको मौसमी खानेकुराले हामीलाई संभावित रोगबाट बचाउँछ ।

प्रकृतिले मौसम अनुसार विभिन्न अन्न-उत्पादन दिएको छ । जाडो वा गर्मी उत्पादन हुने अन्न, फलफूल, सागसब्जीले हामीलाई त्यही मौसममा हुनसक्ने संभावित समस्याबाट बचाउँछ । बाषिर्क चक्र अनुसार नै विभिन्न फल, अन्न, सागसब्जी उत्पादन हुन्छ । यसरी मौसमी रुपमा प्राकृतिक रुपले उत्पादन भएका खानेकुराले शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्छ । कुन ऋतुमा के खाने के नखाने ? भन्ने बारेमा तल प्रस्तुत गरिएको छ ।

यो पनि पढ्नुहोस्

मधुमेह रोगमा के खाने के नखाने ?

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ?

मधुमेहका रोगीले के खाने र के नखाने ?

कुन रक्त समूहका मान्छेले के खाने, के नखाने ?

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

मानिसलाई भिटामिन किन आवश्यक छ ?

हाई ब्लडप्रेशर हुँदा खान हुने खानेकुराहरु

१. शिशिर ऋतु

यस मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

२. बसन्त ऋतु

यस मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, वैगुन, मुला, परवल, करेलाको सब्जी खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जीरा, हिंग, काक्रा आदि पनि लाभदायक हुन्छ ।

३. ग्रीष्म ऋतु

पुरानो गहुँ, जौ आदि उपयोगी हुन्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

Like & Follow us on Facebook

४. वर्षा ऋतु

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यस सिजनमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गरिष्ठ एवं मसलेदार, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

५. शरद ऋतु

शीत ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागति, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

६. हेमन्त ऋतु

यो सिजनमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!