जीवन-दर्शन

प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक ?

एजेन्सीप्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक ? भनिन्छ प्रेम अपनत्वको भाव हो । प्रेम मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव पनि हो । भनिन्छ प्रकृति प्रेमको खानी हो । चराचर जगत प्रेमले भरिपूर्ण छ, मात्र प्रेमलाई अनुभुति गर्न सक्नुपर्छ । भनिन्छ प्रेममा धोका पाउने कुनै तिथिमिति हुदैन तर हालै भएको एक अनुसन्धानले प्रेम गर्नेहरुका लागि जनवरी ९ को दिन निकै खतरनाक हुने देखाएको छ ।

शोध अनुसार जनवरी ९ मा विश्वमा सबैभन्दा धेरै मात्रामा प्रेमसम्बन्धको शुरुवात भएकोले धेरै परिमाणमा जोडीहरु प्रेममा बाँधिने भएपनि सोही अनुपातमा भविष्यमा उनीहरुको प्रेम छुट्ने गर्छ । प्रेम सम्बन्धको शुरुवात अधिकांश अवस्थामा तब हुन्छ, जब प्रेम गर्ने दुईजना बीच कुनै तेस्रो मान्छे आउँछ । अनि त्यो तेस्रो मानिसले भविष्यमा नकारात्मक भूमिका खेल्दछ । प्रेम सम्बन्ध जति धेरै गाँसिए तेस्रो पक्षको संख्या पनि उति नै धेरै हुदै जान्छ ।

डेटिंग साइट ग्लीडनका अनुसार उक्त शोधमा यस्ता हजारौँ मानिसहरुमा गरियो जसले आफ्ना पार्टनरलाई धोका दिए र नँया पार्टनरको खोजीमा छन् । शोधकर्ताहरुका अनुसार धेरै मानिसहरुले नयाँ वर्षलाई नयाँ पार्टनरको खोजी गर्ने अवसरको रुपमा लिने गरेका छन् । उक्त साइटका अनुसार क्रिसमसपछिको दोस्रो सोमबारका दिन डेटिंग साइटमा सबैभन्दा धेरै ट्राफिक हुने गरेको छ । अर्थात् धेरै धोकेबाज मानिसहरुले ९ जनवरीका दिन नयाँ पार्टनर खोज्ने गर्छन ।

यो पनि पढ्नुहोस् 

प्रेममा धोका किन हुन्छ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

असल र सोझा केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

के हो प्रेम ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!