स्वास्थ्य

टाउको दुखाईबाट पत्ता लाग्न सक्ने रोगहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

टाउको दुखाई सम्बन्धित सवैजसो प्रतिक्रिया मुटु रक्त संचार प्रणाली र मस्तिष्कका नसाहरुसँग सम्बन्धित हुन्छन् । टाउकोको अगाडिको दुखाई न्यूरोसिसमा हुन्छ । धेरै कुरा सोच्ने, चिन्ता गर्ने मानिसमा यस्तो लक्षण देखिन सक्छ । टाउकोको माथिको भाग दुखेमा उच्च रक्तचाप (High Blood Pressure) बढेको हुन सक्छ । टाउकोको तल्लो भाग दुखेमा उच्च रक्तचाप (High Blood Pressure) वा न्यून रक्तचाप (Low Blood Pressure) भएको अनुमान गर्नुपर्छ ।


यो पनि पढ्नुहोस्

टाउको दुख्ने समस्या र यसको उपचार

आधा टाउको दुख्ने समस्या र यसको समाधान

पिनासको औषधि र मेरो अनुभव

जान्नुहोस् ! पिनासको रोकथाम र बच्ने उपाय

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

टाउको दुख्ने र कानको लोती रातो हुने समस्या कसैले बताउछ भने वा एक साइडको टाउको दुखेसो गुनासो सुनाउछ भने माइग्रेन (Migraine) भएको हुन सक्छ । टाउको झुम्म पर्नुको अर्थ टाउकोमा रक्त संचार कम भएको वा असन्तुलित तरिकाले रक्त संचार भएको बुझ्नु पर्दछ । टाउकोको पछाडि दुख्छ भने कहिले-काही आँखाको कम्जोरीको कारणले हुन सक्छ । टाउकोको सवै भाग दुख्छ भने जुकाका फूल वा सिस्टहरू ब्रेनमा पुग्नाले टाउको दुख्न सक्छ । मानसिक टेन्सनको कारणले पनि टाउको दुख्न सक्छ ।

यदि हाम्रो जीवनमा यस प्रकारका समस्या भएमा डाक्टरलाई देखाएर समयमा चाँडो उपचार गराउन सके चाडो रोग निको हुन सक्छ । नेपालीहरूले बाँच्दासम्म आफु प्रेसरको औषधि सेवन गर्छन् तर अरूलाई भने यो औषधि नखानुस यो जीवन भरी खानुपर्छ भनेर सिकाउछन् । गलत परिपाटी कै कारण नेपालीले दु:ख भोक्दैछन् । स्वस्थ शरीर धन हो भने रोगी शरीर बोझ हो । हरेक नेपालीले अरूलाई पनि सकरात्मक सन्देश दिन सकेमा लोककल्याण हुनेछ ।

Like & Follow us on Facebook

आफु स्वस्थ भए अरूको के मतलब भन्ने परिपाटी नेपालमा दिन प्रतिदिन बढ्दै छ । स्वार्थकै कारण आज नेपाली पछि परेको छ । जडिबुटी यत्र-तत्र छरिएको देखिन्छ तर यहाँ उठाउन कोही चाहन्न । नेपाल जडिबुटीले धनी छ तर जडिबुटी आयुर्वेदिक औषधिबाट कोहि उपचार गराउन चाहन्न विदेशी दबाई महंगोमा खरिद गरेर भएपनि चाँडो रोग निको होस् भन्न चाहन्छन् तर स्वदेशी जडिबुटीलाई प्रोत्साहन कसैले दिन चाहन्न यहाँ केवल कमिसन तन्त्र हावी छ भन्दा खासै फरक छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!