आयुर्वेद

टिमुर र यसको उपयोगिता

टिमुर नेपालमा पाइने एक किसिमको फल हो । टिमुर २ देखि ६ मिटर सम्म अग्लो हुने पतझड, कांडेदार, सुगन्धित, झाडी वर्गको वनस्पति हो । यसको बैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम (Zanthoxylum Armatum DC) हो । मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ । यसको काण्डमा र पातका फेदमा थेप्चा कांडाहरु हुन्छन् । जसको पात पलाउने हरेक आंख्लावाट फूलको छुट्टै हांगा निस्किएको हुन्छ ।

यो पनि पढ्नुहोस् 

ग्यास्ट्रिकको औषधि ज्वानो

रक्सीको लत छोड्न ज्वानो

भान्साको औषधि ज्वानो र यसको उपयोग

जौ र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

टिमुरको अन्य बोटविरुवाहरुमा जस्तै भाले र पोथी फूल फरक-फरक विरुवामा हुन्छ । फूलमा पत्रदल हुदैन । फूलहरु हरिया र केही पहेला स-साना आकारका हुन्छन् । फल सानो गोलो ९४ देखि ५ मिलिमिटर व्यास भएको हुन्छ । टिमुर पाक्दा रातो रंङको हुन्छ । यसको फलभित्र एउटा मात्र वीउ लाग्दछ । जसको रंङ कालो टल्किने हुन्छ । टिमुरको स्वाद टर्रौ वा पिरो र जिव्रो थर्थराउने खालको हुन्छ । टिमुरको बोटका हांगाहरुमा प्रसस्त मात्रामा काँडा हुन्छन् र ती काँडा जुन २ सेन्टीमिटर जति लामा सम्म हुन्छन् ।

टिमुरको प्रयोगले दाँत दुखेमा राहत मिल्छ र शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ । ज्वरो आउँदा, झाडाबान्ता र हैजा लागेका बेलामा टिमुर सेवन गर्दा फाइदाजनक हुन्छ । पेटको विकार हटाउन, जंगली जुका खसाल्न, जैविक विषादी वनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ । हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा औषधीका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । टिमुरको धुलो अचार, चटनी, तरकारीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।

Like & Follow us on Facebook

मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहु उपयोगी र औषधिय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार वनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ । टिमुरको फल वोक्रा सम्पूर्ण फल र वीउलाई दन्त मञ्जन, सावुन, अत्तरको रुपमा प्रयोग गरिदै आइएको छ । बहुउपयोगी एवं औषधिय गुण भएको टिमुरको महत्व मानव जीवनमा धेरै रहेको छ । टिमुरको बजार माग अधिक रहेकोले यसको खेतीवाट मनग्य आर्थीक लाभ लिन सकिन्छ । आर्थिक हिसावले, स्वास्थ्यका दृष्टीकोणले टिमुरको महत्व मानव जीवनमा धेरै नै रहेको छ । एक पटक रोपिसकेपछि टिमुरबाट धेरै वर्षसम्म फल लिन सकिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!