स्वास्थ्य

यस्ता छन्, रोग लाग्ने कारणहरु, जानी राखौ

बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो । रोग लाग्नुको प्रमुख कारण भनेको शरीर कमजोर हुनुलाई प्रमुख मानिएको छ । हाम्रो शरीरलाई आवश्यक क्यालोरी पुरा हुनुपर्छ । जब हामीले खाना खान्छौं त्यति बेला हामीले नचपाई खाना खान्छौं भने यसले पाचनक्रिया खराब हुन थाल्दछ । रोग लाग्ने कारणहरु तल चर्चा गरिएको छ ।

यो पनि पढ्नुहोस् 

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

नाडीद्वारा रोगको परीक्षण

टाउको दुखाईबाट पत्ता लाग्न सक्ने रोगहरू

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

१. निरन्तर व्यायाम नगर्नाले

अनुसन्धानका अनुसार निरन्तरको व्यायामले तपाईंको सेक्स लाइफमा रौनकता थप्ने कामका साथसाथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । व्यायामको लागि जिममा जानुस् अथवा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन नै राख्न मद्दत गर्छ । तर, अधिक व्यायाम पनि हानि हुन्छ भन्ने कुरा याद राख्नुहोस् ।

२. बेलुकीको खाना धेरै ढिला खानु

बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने गर्दछ । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नुहोला ।

३. तपाईं हप्ताको सातै दिन सँगै हुनुहुन्छ

यदि तपाईं र तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नुहुन्छ र अफिसबाट सँगै घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्नसक्छ । सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले केहि जलवा नदेखाउन सक्छ । आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा रहनुहोस् र तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा केहि वाइल्ड गर्न इच्छुक हुनुहुनेछ ।

Like & Follow us on Facebook

४. तपाईंले पिल्स खाइरहनुभएको छ भने

के तपाईं टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ रु सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिकजसो खाने गर्दछन् । यदि बिरामी हुनुहुन्छ भने पिल्स खानु केहि गलत हुँदैन तर डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाने गर्नुहोस् । यदि डाक्टरहरुले कुनै औषधीले तपाईंको सेक्स ड्राइभलाई प्रभाव पार्छ भने उनले केहि वैकल्पिक उपायहरु प्रदान गर्नेछन् ।

५. बिदाको समयमा धेरै बेरसम्म सुत्नु

हप्ताभरीको सबै निन्द्रा बिदाको दिन पारेर पुर्याउने सोच राखेर शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुड शिथिल हुनपुग्छ । बिदाको दिन धेरैबेर सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्यामा पर्नुहुनेछ । बिदाभन्दा बाहेक अरु समयमा जतिबेला उठ्नुहुन्थ्यो त्यहि समयमा नै उठ्ने प्रयास गर्नुहोस् र त्यहि बानी बसाल्नुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!