खानपान

गर्मी याममा के खाँदा बढी फाइदा हुन्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गर्मी याम शुरु भई रहेको छ । गर्मीका कारण पसिना बढी बग्ने हुनाले शरिरमा पानीको कमी हुन सक्छ । जाडो मौसमा भन्दा यो मौसममा पानी बढी चाहिने हुनाले पानी लगायत तरल पदार्थ प्रशस्त पिउने बानी बसाल्नु पर्दछ । त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ।

पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो हुन्छ । पानी खाइ रहन मन लाग्दैन भने जुस, दही, लसी, कागती पानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ । आउनुस गर्मीमा के खाँदा बढी फाइदा हुन्छ भन्ने कुरा जानौं ।

यो पनि पढ्नुहोस्

गर्मीमा मेवा खानुका फाइदाहरु

गर्मीमा काँक्रो खानुका फाइदाहरु

गर्मी मौसममा के खाने ?

गर्मीमा बढी पसिना आउन नदिन के गर्ने ?

गर्मीमा पसिना किन आउँछ ?

१. गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ । ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ ।

२. गर्मीमा चिसो पानी पिउने गर्नाले पाचन प्रणाली सुध्रिने र शरीर शीतल हुने गर्छ ।

३. गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ । त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हुन्छ। यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ ।

४. गर्मीको मौसममा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ । यसो गर्दा वजन बढ्दैन । साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छन् ।

Like & Follow us on Facebook

५. व्यायाम गर्ने बानी छैन भने बिहान-बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ । यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ ।

६. रातको खाना खाएपछि १५-२० मिनेट बिस्तारै टहल्नु लाभदायक हुन्छ । जाडोमा भन्दा गर्मीमा यस्तो गर्न सजिलो हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!