मुख्य समाचारसमाचारसूचना प्रविधि

प्रविधिमैत्री बन्दै त्रिवि : कीर्तिपुरमा फाइवर जडान हुदै

जेठ १८, काठमाडौ । त्रिभुवन विश्वविद्यालय सूचना तथा प्रविधि केन्द्रले विश्वविद्यालयलाई फ्रि वाइफाई जोन एवं प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाल टेलिकमसँगको सहकार्यमा पहिलो चरणमा कीर्तिपुर परिसरमा फाइवर जडान एवं प्रविधि जडानको गरिरहेको छ ।
पछिल्लो समयमा भइरहेको गतिविधिका वारे जानकारी गराउने उद्देश्यले आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा)मा भएको एक कार्यक्रममा सूचना तथा प्रविधि केन्द्रले कीर्तिपुर परिसरमा फाइवर जडानका काम अन्तिम चरणमा पुगेको, सवै निकायहरुको प्राविधिक नक्शांकन तयार भएको जानकारी गराएको छ ।

पहिलो चरणमा कीर्तिमा अवस्थित केन्द्रीय विभागहरु, केन्द्रीय पुस्तकालय लगायतका निकायहरुमा फाइवर जडान कार्य भइरहेको छ । कार्यक्रमा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नेपाल टेलिकमसँगको सहकार्यमा उपत्यका लगायत देशभरिका सम्पूर्ण आंगिक क्याम्पसहरुलाई प्रविधिको माध्यामवाट योजना रहेको बताउनुभयो । उहाँले त्रिविलाई प्रविधिमैत्री बनाउने र विद्यार्थीलाई प्रविधिको माध्यामवाट सिकाइ प्रक्रियामा संलग्न गर्न गराउन प्रविधिमैत्री कक्षाकोण निर्माण गरि जानकारी गराउनुभयो । त्रिविले यस प्रयोजनका लागी ९ करोड रुपैया छुट्याइसकेको थप नपुग रकमहरु पनि व्यवस्था गर्ने बताउनुभयो ।

कार्यक्रममा सूचना तथा प्रविधि केन्द्रलाई प्राविकि सहयोग गर्दै आइरहेको योमरी कम्पनीले पछिल्ला गतिविधि एवं योजना समेत समेटिएको कार्यपत्र प्रस्तुत गरेको थियो । ६ महिना सम्म प्रविधि जडानका सम्पूर्ण कामहरु सक्नेगरी कम्पनीले काम गरिरकेको सूचना तथा प्रविधि केन्द्रका प्रमुख दिपक बहादुर शाहीले बताउनुभयो । उहाँले केन्द्रीय २४ सै घण्टा सञ्चालन हुनेगरी सरवर बनाउने, डाटावेस निर्माण गर्ने, सम्पूर्ण निकायमा इन्टरनेटको सुविधा उपलब्ध गराउने योजना रहेको जानकारी गराउनुभएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!