आयुर्वेद

औषधिको रुपमा धतुराको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रकृतिको अनुपम उपहारको रूपमा हामीले धतुरा पाएका छौं । भगवान् शिवजीको प्रिय जडिबुटीमा धतूरो पनि एक हो । आजको लेखमा मैले धतुराको प्रयोगबाट ठिक हुन सक्ने रोगको बारेमा जानकारी पस्कन गइरहेको छु । धतुराको पात जरा फल सवै काममा आउदछ ।

आयुर्वेद पद्धतिमा धतुराको महत्व ठूलो छ । धतुराको उपयोग ज्वरो, सायटिका, गठिया, पेटमा ग्यास आदि थुप्रै रोगमा धतुराबाट बनाएको औषधिबाट थुप्रै रोगमा प्रयोग गर्न सकिन्छ । धतुरा बिष हो योग्य वैद्यको परामर्शमा यस्ता औषधि सेवन गरेमा राम्रो हुनेछ ।

हाम्रो देशमा धतुरा त्यसै खेर गइरहेको हेर्दा मलाई कता-कता पेट पोलेर आउछ । कम्पनीले यस्ता कच्चा पदार्थ छिमेकी मुलुकबाट झिकाएर कतिपय औषधि निर्माण गरेको पाइन्छ । धतुरा लगाएर लाखौं रुपैया कमाउन सकिने देखिन्छ तर यस्ता बहुमुल्य औषधि त्यसै खेर गएको देखिन्छ ।

औषधिको रुपमा धतुराको प्रयोग

१. कपाल झर्ने समस्या भएमा धतुराको पातको रस दल्नुहोस यसले केश उम्रनुको साथै लिखा जुम्रा समेत मार्दछ ।

२. ठाउँ ठाउँबाट बाल उडेको भएमा पनि धतुराको पातको रस दल्नुस बाल उम्रन थाल्दछ ।

३. आधा लिटर तोरीको तेलमा २५० ग्राम जति धतुराको पातको रस हालेर पकाउनुहोस् पाकेर आधा बाँकी रहेपछि उतारेर सेलाएर कपडाले छानेर सिसीमा राख्नुहोस् । जुम्राको राम्रो औषधि तयार भयो अब जुम्रा भएकाहरूलाई यो औषधि लगाउन दिनुहोस् सवै जुम्रा मार्दछ ।

४. चाहे जस्तोसुकै दुखाई किन नहोस् यसको पात फूल र फललाई थिचेर पेस्ट बनाउनुहोस् र दुखेको ठाउमा दल्नुहोस् निको हुन्छ ।

५. तोरीको तेल२५० मिली, ६० मिलीग्राम गन्धक र ५०० ग्राम धतुराको पातको रस मिलाएर पकाउनुहोस् र तेल मात्र बाँकी भएपछि छानेर राख्नुहोस् कानको सवै प्रकारको दुखाई निको बनाउदछ ।

६. जोर्नी दुख्ने समस्या भएमा तिलको तेलमा धतुराको पातको रसमा राखरे ३ नम्बरको विधी अनुसार पकाएर सिसिमा राख्नुहोस् र नियमित मालिस गर्नुस यो रोग निको हुन्छ ।

नोट : धतुरा बिष भएकाले खानुपुर्ब वैद्यको परामर्श लिएर मात्र सेवन गर्नुहोस् । यो लेखमा दल्ने, मालिस गर्ने राख्ने विधि मात्र लेखिएको छ । आफु खुसी औषधि बनाएर प्रयोग गर्नुपुर्ब अनुभवी व्यक्तिको रेखदेखमा गर्नु हुनेछ भन्ने हाम्रो अनुरोध छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

धतूरोको तान्त्रीक प्रयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

धतुराको तान्त्रीक उपचारबाट यसरी रोक्न सकिन्छ असमयमा हुने गर्भपतन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!