स्वास्थ्य

मृगौला रोग र पत्थरी फाल्ने अचूक औषधी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मृगौला हाम्रो शरीरको सवैभन्दा महत्वपूर्ण अंग हो । मृगौलाले रगत सफा गर्ने काम गर्दछ । हाम्रो खानपिनको लापरबाहीले मृगौला खराब हुन सक्छ । मृगौला पिठ्यूँको मध्य भागमा करङको ठीक मुनि हुन्छ । यिनीहरुको आकार हाम्रो मुठ्ठी बराबर हुन्छ ।

मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसावसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो मृगौलामा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्रा जस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिसाव पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

मृगौलामा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रष्ट रुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले जानी जानी वा थाहा नपाई लापरवाहीवस यसलाई नजर अन्दाज गर्‍यो भने समस्याले ठूलो रुप लिन्छ । आज मैले मृगौला रोगबाट बच्ने र होम्योपैथीक औषधिको माध्यमबाट कसरी उपचार गर्ने भन्नेबारे जानकारी पस्कन गइरहेको छु ।

मृगौला रोगको उपचारमा पानीको ठूलो भूमिका छ । यदि हामीले आवश्यकता अनुसार पानी प्रशस्त पिउछौं भने मृगौला सम्बन्धी कुनै पनि रोग नलाग्न सक्छ । हाम्रो शरीर लाई खानाको जति आवश्यक छ त्यो भन्दा बढी पानीको आवश्यक हुन सक्छ । स्वस्थ शरीरको लागि दैनिक कम्तीमा ३ देखि ६ लिटरसम्म पानी लिनु राम्रो हो ।

Mother Tincture

सबैभन्दा बढी मृगौला खराबी नेपालीहरूलाई हुने गरेको पाइन्छ । हरेक घरमा मृगौला सम्बन्धी रोग पाइन्छ यसको ठोस कारण भनेको पानीको कमि भन्दा खासै फरक छैन । होम्योपैथीक औषधि कम्पनिले पथ्थर चट्टा अजम्मरीको पातबाट यो औषधि बनाएर ल्याएको छ ।

खाने तरिका

१. Berberis Vulgaris Q (Mother Tincture) यो औषधिको झोललाई थोपाको रूपमा १५ देखि २० थोपासम्म एक गिलास पानीमा राखेर दिनमा ३ पटकसम्म दिन सक्नु हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मृगौला खराब गर्ने आनी-बानीहरू

मृगौलाको पथरी हुँदा खान नहुने खानेकुराहरू

मिर्गौला फेल भएको कसरी थाहा पाउने ?

सन् २०२० सम्म कृत्रिम मृगौला बजारमा आउने

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!