खानपानहेल्थ टिप्स

सुन्तला खानुका फाइदाहरु के के छन् ?

सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ  । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा खानामा रुची बढ्छ । सुन्तलामा पाइने भिटामिन ‘सी’ले रुघाखोकी आदिबाट बँचाउछ । दिनहुँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ ।

 सुन्तला खानुका फाइदाहरु यस प्रकार छन् ।

१. मुटुसम्वन्धी प्रायः रोगबाट बचाउन सहयोग गर्छ ।

२. प्रतिरोधात्मक शक्ति बढाउँछ ।

३. आँखाको दृष्टि क्षमतालाई बढाउँछ र आँखाको रोगबाट समेत छुटकारा मिल्नेछ ।

४. कोलस्ट्रोल सन्तुलन गर्न सुन्तलामा भएको फाइबरले मद्दत गर्छ ।

५. शरीरको अनावश्यक तौल कम गर्न पनि सुन्तलाले मद्दत गर्छ ।

६. कब्जियतको समस्यामा पनि सुन्तलाको जुस खानाले आराम मिल्छ ।

७. थकाइ लागेको बेला एक गिलास सुन्तलाको जुस खानाले स्फूर्त बनाउँछ ।

८. मृगौला र पिसाव सम्बन्धी रोग कम गर्न सुन्तलाले मद्दत गर्छ ।

९. दाँत र गिँजा सम्बन्धी रोग सुन्तलाले कम गर्छ ।

१०. अनुहार चम्किलो बनाउन पनि सुन्तलाले मद्दत गर्छ ।

११. क्यान्सर रोग लाग्नबाट जोगाउँछ ।

१२. शुक्रकिटको संख्या बढाउने काम गर्छ ।

१३. अल्सरको संक्रमणलाई सुन्तलाले कम गर्छ ।

१४. कलेजो जोगाउँछ ।

यो पनि पढनुहोस्

चना र यसका फाइदाहरू

स्याउ र यसको फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

नट्सहरु खानुका फाइदाहरु 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!