हेल्थ टिप्स

गहिरो निन्द्राका लागि के गर्ने ? जानी राखौ

गहिरो निन्द्राका लागि के गर्ने ? जानी राखौ ! अनिन्द्राले रोग निम्त्याउँछ । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ । निदाउनका लागि औषधी सेवन गर्नु राम्रो विकल्प होइन । त्यसले नकारात्मक असर गर्छ । कतिले निदाउने बाहानामा मदिरा सेवन गर्छ, जो एकदमै नराम्रो अभ्यास हो । मस्त मातेपछि बेहोसीमा सुत्ने बानीले स्वास्थ्यमा थप ठूलो हानी गर्छ ।

यो पनि पढनुहोस्

निन्द्रा किन लाग्दैन ?

तपाई राती निन्द्रा लाग्दैन, राम्ररी निदाउन यसो गर्नुहोस्

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

बेडरुममा राख्न नहुने यी ५ चिजहरु

मानसिक तनावबाट मुक्त रहने उपायहरु

आफुलाई के कारणले निन्द्रा लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ । कसैलाई चिन्ताले हुनसक्छ, कसैलाई शारीरिक कारणले । कसैलाई बाह्य वातावरणले पनि निन्द्र नलागेको हुनसक्छ । निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोहि अनुसार निदानको उपाय खोज्न सकिन्छ । त्यसबाहेक अन्य केहि विधी छन्, जसले निदाउन सहयोग गर्छ । गहिरो निन्द्राका लागि के गर्ने ? भन्ने बारेमा तल चर्चा गरिएको छ ।

१. राती सुत्ने समयलाई नियमित गरौं । संभव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

२. सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेटजति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

३. कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

४. सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानति भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

Like & Follow us on Facebook

५. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।

६. ओछ्यानमा पुगेपछि छटपटी हुन्छ, मनमा कुरा खेलाउँछ भने मनपर्दो रेडियो कार्यक्रम सुन्न सकिन्छ । मोवाइलमा कुनै अडियो उपन्यास सुन्न सकिन्छ । यसले ध्यान एकाग्र हुन्छ र निन्द्रा लाग्छ । यद्यपी भिडियो हेर्ने, चर्को ध्वनी सुन्ने, फेसबुक चलाउने नगरौं, जसले एकाग्रता भंग गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!