मुख्य समाचारसमाचार

नेपालको भू-उपग्रह ‘नेपालीस्याट-वान’ले थाल्यो पृथ्वीको परिक्रमा

काठमाडौँ, २ असार । नेपालको पहिलो चन्द्र सूर्य सहितको राष्ट्रिय झन्डा अंकित भू-उपग्रह ‘नेपालीस्याट-१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न शुरु गरेको छ । अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) बाट नानो स्याटेलाइट अन्तरीक्षमा छोडिएको हो । अन्तरीक्षमा छोडेसँगै नेपालीस्याट-वानले पृथ्वीको परिक्रमा गर्न थालेको छ । जापानको जाक्साबाट सोमबार अपरान्ह ४ बजेर १९ मिनेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेका थिए ।

‘नेपालीस्याट-१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा रपटक नेपालको आकाशमा आउनेछ । यसले तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । मौसमी सूचनाहरु पनि दिनसक्छ । यो जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थी आभाष मास्के (स्पेश इन्जिनियरिङमा पीएचडी) र हरिराम श्रेष्ठ (स्नातकोत्तर) ले तयार गरेको हुन् । यसलाई वैशाख ५ राति २ बजेर ३१ मिनेटमा अमेरिकाबाट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा प्रक्षेपण गरिएको थियो ।

‘नेपालीस्याट-१’ १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई छ । यसको तौल १३०० ग्राम छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ । मन्त्री पोखरेलले स्याटलाइन बनाउने मास्के र श्रेष्ठ दुबैलाई धन्यवाद दिए । साथै सहयोग गर्नेहरूप्रति अभार प्रकट गरेका छन् । कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि उपस्थित थिए ।

Like & Follow us on Facebook

नानो भूपग्रहमा फोटो खिच्न क्यामेरा जडान गरिएको छ। जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु अध्ययन एवं प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ। दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ । अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ। यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपका बेला थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भने नेपालले भविश्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव हासिल हुने बताएको छ ।

यो पनि पढ्नुहोस् 

नेपाली भू-उपग्रह अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडियो

नेपाली भू-उपग्रह पुग्यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपणका तस्वीरहरु

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपण गर्नुअघिका तस्वीरहरु

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

नेपालले प्रक्षेपण गरेको भू-उपग्रहको प्रयोजन

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!