हेल्थ टिप्स

टाउको दुख्नुको कारणहरु तथा अपनाउनुपर्ने सावधानीहरु

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ । टाउको दुख्नुको कारणहरु तथा अपनाउनुपर्ने सावधानीहरु तल चर्चा गरिएको छ ।

यो पनि पढ्नुहोस्

टाउको दुख्ने समस्या र यसको उपचार

पिनासको औषधि र मेरो अनुभव

जान्नुहोस् ! पिनासको रोकथाम र बच्ने उपाय

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

कारणहरु

१. टाउको दुखेको घरेलु उपचार हुँदैन तर जे कारणले टाउको दुखेको हो त्यसको पहिचान गरेर सावधानी अपनायो भने टाउको दुख्न कम हुन्छ ।

२. चिसोको कारणले लागेको रुघा खोकीले टाउको दुखेको हो भने चिसोबाट बच्नुपर्छ। यसको लागि न्यानो कपडा, तातो पानीको प्रयोग गर्नुपर्छ। चिसो खानेकुरा खान भएन।

३. पिनासको कारणले टाउको दुखेको छ भने तातो पानीको बाफ लिने गर्नुपर्छ।

४. थकाई र तनावले टाउको दुखेको बेलामा आराम गर्योक भने टाउको दुख्न कम हुन्छ।

५. निन्द्रा नपुगेर टाउको दुखेको छ भने निन्द्रा पुर्याेउनपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ।

Like & Follow us on Facebook

सावधानीहरु

१. चुरोट, रक्सीको प्रयोग गर्नु हुँदैन। धेरै चिया कफी पनि खानु हुँदैन। रातको समयमा चिया/कफी खाएमा यसले निन्द्रा लाग्दैन अनि टाउको दुख्छ।

२. बिरामीले केले गर्दा टाउको दुखाइ बढेको हो, त्यस्तो खानेकुरा, बानीबेहोरामा ध्यान दिनुपर्ने हुन्छ।

३. बिरामीले भोको बस्नु, व्रत गर्नु तथा घाममा घुम्नु हुँदैन ।

४. बिरामीले सन्तुलित आहार खानुपर्छ र प्रतिदिन सामान्य व्यायाम गर्नुपर्छ ।

५. प्रत्येक दिन एउटै समयमा र ६ देखि ८ घण्टासम्म सुत्नुपर्छ ।

६. बिरामीले कफी, रक्सी, चकलेट, कोकाकोला तथा पनिरको सब्जी इत्यादि खानुहुँदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!