स्वास्थ्य

टाउको किन दुख्छ ?

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ । मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन । तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन् । त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो ।

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ। टाउको दुख्नु भनेको आफैंमा रोग होइन। कुनै पनि रोगको लक्षण मात्र हो। यो बिभिन्न कारणले हुन्छ । मेडिकल भाषामा भन्ने हो भने प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ । प्राथमिक कारणमा पीडा हुने स्थानहरूको अति सक्रियताबाट हुन्छ र यसमा अन्तर्निहित संरचनागत समस्या हुँदैन। जस्तै माइग्रेनबाट हुने टाउको दुखाई, तनावबाट हुने टाउको दुखाई र टाउकाको एकातिर एक्कासी शुरू हुने दुखाईलाई प्राथमिक कारणमा लिन सकिन्छ।

टाउको दुख्ने कारणहरु

सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ ।

१. पानी कम खायो भने पनि टाउको दुख्छ।

२. कुनै पनि कारणले ज्वरो आउन सक्छ । ज्वरो आएको बेलामा धेरैजसो टाउको दुखेको हुन्छ।

३. तनावले गर्दा टाउको दुखेको (टेन्सन हेडयाक) हुन्छ । यो सामान्यभन्दा सामान्य कारणले पनि दुख्छ । जती जती साँझ पर्दे जान्छ टेन्सन हेडयाक बढ्दै जान्छ। हलुका किसिमले टाउको दुखि राख्छ।

४. त्यस्तै अर्को टाउको दुखाई कुनै रोगको कारणबाट हुन्छ जसले मस्तिष्क आवरण वा धमनीमा समस्या पैदा गर्छ र टाउको दुखेको अनुभूति गरिन्छ। जस्तो कि मेनिन्जाइटिस, इन्सेफ्लाइटिसबाट हुने टाउको दुखाई। अत्याधिक औषधी सेवन (प्रतिक्रियात्मक प्रभाव) द्वारा हुने टाउको दुखाई र पीडा समेत यसमा पर्छ ।

५. एकदम भारी हुँदैन तर हल्का किसिमले दुखिराख्छ। यसमा कुनै लक्षण पनि हुँदैन। यो दैनिक क्रियाकलापले गर्दा हुन्छ । ग्याष्ट्रिकको कारणले पनि टाउको दुख्छ।

६. उच्च रक्तचापको कारणले पनि टाउको दुख्छ। उच्च रक्तचापको औषधि खानेहरुलाई औषधि नखाएको बेलामा अथवा उच्च रक्तचाप हुन सुरु गर्यो भने पनि टाउको दुख्छ।

७. आँखाको समस्या भयो भने टाउको दुख्छ। कसैले टाढाको हेर्न सक्दैन कसैले नजिकको हेर्न सक्दैन। नजिकको हेर्न खोज्दा स्ट्रेस हुन्छ टाढाको हेर्दा पनि त्यस्तै हुन्छ। यसले गर्दा आँखाको नशाहरु तन्किन्छ। जसले गर्दा टाउको दुख्छ। यसको लागि सामान्य चश्मा लगायो भने ठीक हुन्छ। कतिपय अवस्थामा आँखाको जाँच गराउनुपर्छ।

८. डिप्रेशनको कारणले पनि टाउको दुख्छ। राति निन्द्रा परेन भने भोलिपल्ट टाउको दुख्छ। यस्तो बेला टाउको भारी हुन्छ। त्यसैले निन्द्रालाई ध्यान दिनुपर्छ । आराम गर्नुपर्छ । आवश्यक मात्रामा निदाउनुपर्छ।

९. सामान्य रूघाखोकी र पिनासले पनि टाउको दुख्ने समस्या हुन्छ। बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्छ।

Like & Follow us on Facebook

टाउको दुख्ने गम्भीर कारणहरु

सामान्य टाउको दुखेको छ त्यसले दैनिक क्रियाकलापमा असर परेको छैन भने त्यसलाई बेवास्ता त गर्नु हुँदैन तर सामान्यत औषधि प्रयोग गर्न सकिन्छ।उमेर अनुसार पनि भर पर्छ। पाँच वर्ष मुनीको बच्चा र पच्पन्न-साठी वर्ष उमेरभन्दा माथिको व्यक्तिलाई टाउको दुख्यो भने चिकित्सक कहाँ जानुपर्छ।बच्चाहरुलाई कुनै समस्या नभई टाउको दुख्दैन। कतिपयलाई सधै टाउको दुखिरहने समस्या हुन्छ। त्यो टाउको दुखाईको लक्षण परिवर्तन भयो पहिलाको भन्दा सहनै नसक्ने गरी दुख्यो। पहिला भन्दा लामो समयसम्म दुख्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

१. टाउकोमा टिउमर हुने, रगत जम्ने भयो भने टाउको दुख्छ। यसमा अलि बढी विचार पुर्याेउनुपर्छ । विशेष गरी यस्तो अवस्थामा हामीले डाक्टरको सल्लाह लिनुपर्छ।

२. यदी सामान्य खालको टाउको दुखेको छ भने औषधि प्रयोग गर्न सकिन्छ। टाउँको दुखेसँगै वाकवाक लाग्ने, बान्ता हुने, आँखाबाट पानीहरू झर्ने, रिगंटा लाग्ने, छारे रोग जस्तो काम्ने हुनु गम्भीर रोगका लक्षण हुन्। यस्तो बेलामा तुरून्तै डाक्टरकहाँ सल्लाह लिन जानुपर्छ।

३. मस्तिष्कको ट्यूमर, आघात वा मस्तिष्कघात, मस्तिष्कको आवरण बीचको ठाउँको रक्तश्राव, उपल्लो श्वासप्रश्वास प्रणालीको संक्रमणः जस्तैः पिनास, आँखाका समस्याहरू जस्तैः मोतियाविन्दु, परावर्तित त्रुटीहरू भएको पाइएमा डाक्टरकहाँ जानुपर्छ।

४. मूर्छा पर्नु, अलमलिनु, बोल्न गाह्रो हुनु, अकस्मात हुने गम्भीर टाउको दुखाई वा पूर्वटाउको दुखाईको अवस्थामा परिवर्तन, केन्द्रित हुन नसक्नु वा दैनिक क्रियाकलाप गर्न नसक्नु, उच्च ज्वरो जस्तैः १०२ डिग्री फरेनहाइटभन्दा माथि आएमा डाक्टरकहाँ जानैपर्छ।

५. यस्तै पाखुरा, खुट्टा वा अनुहारमा कमजोरी वा पक्षघात भएमा, घाँटीको अरर्रोपना, गर्भावस्था, मस्तिष्कको चोटपटक, दृष्टि क्षय,ज्वरोसँगै वा ज्वरो बिना वान्ता भएमा पनि डाक्टरकहाँ जानुपर्छ।

यो पनि पढ्नुहोस्

टाउको दुख्ने समस्या र यसको उपचार

पिनासको औषधि र मेरो अनुभव

जान्नुहोस् ! पिनासको रोकथाम र बच्ने उपाय

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!