धर्म-सस्कृति

सफलताको तान्त्रिक रहस्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सफलताको तान्त्रिक रहस्य ! यस्तो कुन मानिस नहोला जसले सफलताको अपेक्षा नगरेको होस् । हरेक मानिस आफुलाई सफल देखाउन धेरै प्रयास गर्दा पनि सफल हुन नसक्नुको पिडा भित्र-भित्रै दवाएर बसेको हुन्छ । परिश्रम गरेर सफल भएका थुप्रै छन् तर परिश्रम गर्दा गर्दै पनि सफल नहुनेको कमि पनि छैन । व्यापारी व्यपारमा, नोकरी गर्नेले पदोन्नतिको लागी, प्रेमी प्रेमिका पाउन, विद्यार्थी परीक्षामा यस्ता हरेक समस्या मानिसको जीवनमा तगारो बनेर उभिएको हुन्छ । लाख चाहादा-चाहदै पनि सफल हुन नसक्दा ठूलो पिडाको सामना गर्नुपर्ने हुन्छ ।

आज मैले सफलता प्राप्त गर्न के कस्ता काम गरेमा सफल हुन सकिन्छ भन्ने बारे प्रकाश पार्नेछु । मानिस सफल हुन उसको बुद्धि र विवेकको ठूलो खाँचो हुन्छ । वुद्धि लगाएर जे काम गरेपनि सफल हुने सम्भावना बढी भएको हुन्छ । कतिपय अवस्थामा बुद्धिले पनि काम नदिएको देखिन्छ । धर्मशास्त्रमा यस्ता अनेकौं साना-साना अपल्यारिला खालका वस्तु दिएको हुन्छ तर हामीले यस्ता बस्तुमा विश्वास नगर्दा चाहेर पनि सफल नहुने कतिपय अवस्था सफल नहुने र गरेमा सफल भएका थुप्रै उदाहरण हामीले देखेका छौं ।

Like & Follow us on Facebook

सफलता प्राप्त गर्न के गर्ने ?

१. उद्योग लगाउनु भयो तर चलेको छैन वा पुरानो उद्योग लगाउनु भएको थियो चल्दा चल्दै छोडेर नयाँ उद्योग लगाउनु भएको भए पुरानो उद्योगबाट फलामको टुक्रा ल्याएर नयाँउद्योगमा राख्नु होस् उद्योग चल्न थाल्नेछ ।

२. कर्मचारी राख्नु हुन्छ तर बस्दैनन् भने कुनै पनि शनिबार कारखानामा जान लाग्दा बाटोमा किला भेटाएमा उठाएर ल्याउनुहोस र भैसीको दुधले धोएपछी गंगाजलले धोएर क्रमचारीले काम गर्ने ठाउंमा किला ठोकी दिनु यसको प्रभावले कर्मचारी भाग्ने छैनन् ।

३. व्यक्तिगत आलस्य मानिसको ठूलो शत्रु हो, यसले काममा ध्यान नदिनाले उसले चाहेर पनि सफल नहुन सक्छ । कुनै पनि मंगलबार रातो मुगा ल्याउनुहोस् र सुनार कहाँ गएर चाँदीको औठिमा जडान गरेर ‘राम दूताय हनुमान नम:’ जाप गरेर लगाउनुस् क्रमश: आलस्य हराएर जान्छ ।

४. नोकरीको तलासमा हुनुहुन्छ तर सफल हुनुभएको छैन भने एउटा दाग नभएको ठूलो नीबूवा ल्याउनुहोस् र बराबरको चार टुक्रा पार्नुहोस् । साझपख सुर्य अस्ताउने बेला चौबाटोमा लगेर चार दिशामा फाल्नुहोस् कामको अभाव हुने छैन ।

यो पनि पढ्नुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

तुलसीको तान्त्रीक प्रयोग

अपमार्गको तान्त्रीक प्रयोग

बरको ताँन्त्रीक प्रयोग

आँकको ताँन्त्रीक प्रयोग

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

तान्त्रीक जडिबुटीको प्रयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!