स्वास्थ्य

टाउको दुखाईको औषधी र उपचार

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ । टाउको दुखाईको औषधी र उपचार तल चर्चा गरिएको छ ।

उपचार

यो स्पष्ट हुन्छ कि टाउको दुखाइ आफैंमा रोग नभई विभिन्न रोगको लक्षण हो । त्यसैले उपचार पनि सोही अनुसार गरिनुपर्छ । कुनै रोगको लक्षणको रूपमा उब्जिएको टाउको दुखाइ त्यो रोगको उपचारपछि निको हुने हुन्छ । टाउको धेरै दुखेको भए टाउकाको सीटी स्क्यान वा मस्तिष्कको एम.आर.आई. वा लम्बर पंक्चर (मेरूदण्ड र मस्तिस्क वरिपरि को तरल पदार्थ को परीक्षणका लागि) सँगै शारीरिक परीक्षण र विगतका कुराहरूको जानकारी लिनुपर्छ। विशेषज्ञ (स्नायुविज्ञ, आँखा विशेषज्ञ) कहाँ पठाउनु पर्ने पनि हुन सक्छ। अन्य रोगका कारण हुने टाउको दुखाईको उपचार सम्बन्धित रोग अनुसार गरिन्छ । जस्तैः ब्याक्टेरीयाबाट हुने मेनिन्जाइटिस र पिनासका लागि एन्टिबायोटिक । उच्च रक्तचापका लागि रक्तचाप नियन्त्रण, मस्तिष्कमा जमेको पीप वा टयूमरका लागि शल्यक्रिया ।

कस्तो औषधी खाने ?

१. बिरामीले प्राय: जसो औषधि पसलमा गएर दुखाइ कम गर्ने औषधि किनेर खाने गर्छन् । औषधिको नकारात्मक असर तथा कडा प्रभावबारे प्राय:जसो मान्छेलाई थाहा हुँदैन । त्यसैले चिकित्सकको सरसल्लाह अनुसार औषधि खानुपर्छ ।

२. सामान्य टाउको दुखेको बेला प्यारा सिटामोल खान सकिन्छ। एकदेखि दुई वटा सिटामोल खाएमा केही हुँदैन। एक पटकमा बढीमा दुई वटा खान सकिन्छ।

३. प्रत्येक ६ घण्टामा दुई वटा चक्की खान सकिन्छ। तर यो क्रमलाई निरन्तरता दिनु हुँदैन। यो सधै खानु हुँदैन। टाउको दुखेको बेला मात्रै खाने हो तर सधै दुखिरह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

Like & Follow us on Facebook

४. कहिलेका काही सामान्य कारणले दुख्यो भने मात्रै यस्तो गर्न सकिन्छ। प्यारासिटामोलले कुनै साइड इफेक्ट गर्देन यसले किड्नीलाई पनि असर गर्देन तर यो सधै प्रयोग गर्नु हुँदैन।

५. सकेसम्म टाउक दुखेको भन्दै ब्रुफीन खानु हुन्न यसले असर गर्छ। यसको प्रयोग गर्दा अलि धेरै ध्यान दिनुपर्छ। ओपोइ ड्रग्स,कोडीनहरु प्रयोग गर्नेले यसलाई छोड्दा पछि समस्या पर्छ।

६. माइग्रेनको कारणले दुखेको टाउकोको उपचार भने चिकित्सककै निगरानीमा गर्नुपर्छ। माइग्रेनका कारण दुखेको टाउकोका लागि डिप्रेशनको औषधि र छारे रोग लाग्दा प्रयोग हुने औषधी दिइन्छ।

यो पनि पढ्नुहोस्

टाउको दुख्नुको कारणहरु तथा अपनाउनुपर्ने सावधानीहरु

टाउको दुख्ने समस्या र यसको उपचार

पिनासको औषधि र मेरो अनुभव

जान्नुहोस् ! पिनासको रोकथाम र बच्ने उपाय

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!