खानपान

बेलुकीको खाना के कस्तो खाने ? जानी राखौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

खाना किन खाने ? बाच्नका लागि यो प्रश्न हरेकको दिमागमा दौडेको हुन सक्छ । खाना कस्तो खाने भन्ने कुरा जबसम्म हामीले जान्न सक्दैनौं तबसम्म हामी रोगको दलदलमा फसि रहनेछौं । हामीले खाने खाना पोषणयुक्त खानेकुरा मिलाएर खाने गरेको खण्डमा हामी रोग लाग्नबाट बच्न सक्छौँ । हामी सधै परनिर्भरमा बाच्ने गरेका छौं । बाहिरबाट ल्याइएको खाना कति सुरक्षित छ भन्ने कुरा हामीले पहिले बुझ्न आवश्यक छ । आफ्नै बारीमा उत्पादन गरेका बस्तुबाट हामीले राम्रो फाइदा उठाउन सक्नेछौं । आजको पाठमा भने हामीले के कस्ता खाना खानाले के कस्तो फाइदा उठाउन सकिन्छ भन्ने कुरामा प्रकाश पार्नेछौं ।

केहि पाठक साथीहरूले मलाई रातीको खाना के कस्तो खाने भन्ने जानकारी पाउन सके ठिक हुने थियो भन्ने जिज्ञाषा राख्नु भएकाले राती खानेकुराबारे समावेश गर्दैछु । हरेक व्यक्तिले पोषणयुक्त खानेकुरा मिलाएर खाने गरियो भने स्वास्थ्यमा राम्रो फाइदा हुने देखिन्छ । राति के कस्ता खाना खानाले के कस्तो फाइदा हुन सक्छ भन्ने कुरा जान्न सके ठूलो उपलब्धि हुनेछ । तल मैले केही खानेकुराबारे प्रकाश पार्नेछु । घरमा र करेसाबारीमा उत्पादन गर्न सकिने अदुवा, मह, मही र खानाबाट के कस्तो फाइदा उठाउन सकिन्छ जान्न सके स्वास्थ्यमा राम्रो फाइदा हुनेछ ।

Like & Follow us on Facebook

१. रातीमा खाना खाँदा ७५% मात्र खाना खाने गर्नु राम्रो हुनेछ । यसरी खाना खाँदा चाडो पच्ने हुनाले स्वास्थ्यमा राम्रो फाइदा हुनेछ ।

२. रातको खानासँगै मोही पिउँदा हाम्रो स्वास्थ्यमा समस्या आउँदैन । मोहीले हाम्रो पेटलाई चिसो बनाइराख्छ । जसले पाचन प्रणालीमा पनि सहयोग पुग्छ ।

३. हरियो सागपातले पाचन प्रणालीमा सहयोग पुर्याउँछ । रात्रीकालीन खानामा हरियो सागको प्रयोग बढी गर्नुपर्छ ।

४. अदुवामा सबै खालका गुणहरु पाइन्छ । खानामा अदुवा पनि भयो भने हाम्रो शरीरलाई स्वास्थ्य बनाउँछ । यसले हाम्रो पाचन प्रणालीलाई ठूलो सहयोग पुर्याउँछ ।

५. दूध स्वास्थ्यको लागि कति लाभदायी छ भनेर शायद भन्न नपर्ने देखिएको छ । तर चिल्लो नभएको दूध रातमा खानाले हाम्रो शरीरलाई अझ धेरै फाइदा पुग्छ ।

यो पनि पढ्नुहोस्

बेलुकीको खाना चाडै खाँदा हुने फाइदाहरु

बेलुकी धेरै ढिलो खाना खाएमा स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरु

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

पलेटी कसेर खाना खानुका फाइदाहरु

हातले खाना खानुका फाइदाहरु

खानापछि निद्रा किन लाग्छ ? 

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!