विज्ञान जिज्ञासा

ग्रहण लागेको बेला खाना खानुहुन्न भन्छन, मानव शरीरमा ग्रहणको असर के पर्छ ?

ग्रहण लागेको बेला खाना खानुहुन्न भन्छन, मानव शरीरमा ग्रहणको असर के पर्छ ? सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन, त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ । धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण खग्रास सूर्यग्रहण भनिन्छ ।

ग्रह वा खगोलिय पिण्डहरूको असर जमिनको पानीमा देखिए जस्तै हरेक कोषिकामा रहेका पानीमा पनि पर्दछ । यसरी पर्ने असर अदृश्य हुन्छ । यी आकर्षणले गर्दा मानिसहरूको शरीर भित्र तरंगहरू पैदा हुन्छन् । यी तरंगहरूले मानिसहरूको व्यवहार, चालचलन र वुद्धि विचारमा समेत असर पारि राखेका हुन्छन् । प्राचीन काल देखि नै एकादशी, पूर्णिमा र अमावस्याका दिनमा व्रत वस्ने गरेको पाईन्छ । व्रत वस्ने दिन थोरै खाना खाने, फलाहार गर्ने वा पेट खाली राख्ने गरिन्छ । यी दिनहरूमा आकाशिय पिण्डहरूको आकर्षण केहि बढी हुने भएकोले शरीरलाई कामको वोझ काम गराउन खोजिएको हो । खाना पचाउन, पचेका खाना शोषण गर्न न पर्दा शरीर शान्त रहन्छ र आकाशिय पिण्डहरूको कारणले उत्पन्न हुने तरंगबाट पर्न सक्ने नकारात्मक प्रभाव कम गराउन सकिन्छ । नकारात्मक असरहरूमा विभिन्न अंगहरू उत्तेजित हुने, मानसिक तनाव वढ्ने, रिस उठने, नकारात्मक सोच र विचार उत्पन्न हुने आदि हुन् ।

चन्द्र ग्रहणको वेला सूर्य, पृथ्वी र चन्द्र एउटै सरल रेखामा र एउटै धरातलमा पर्ने हुँदा केही ठूलो आकर्षण शक्ति उत्पन्न हुन्छ । ठीक यस्तै सूर्य ग्रहणको बेला त सूर्य, चन्द्र र पृथ्वी एउटै सरल रेखा र एउटै धरातलमा पर्ने हुँदा अझै ठूलो आकर्षण शक्ति रहन्छ । यो समयमा शरीरमा वढिनै तरंग पैदा हुन्छ र शरीरलाई आरामको आवश्यकता पर्दछ । खाना खाएको खण्डमा शरीरले काम गर्नु पर्ने हुन्छ । शरीरमा उत्पन्न हुने शक्तिको व्यवस्थाप नगर्न गाह्रो पर्न जान्छ । शरीरलाई बढी कामको वोझ भएको वेला शरीरमा उत्पन्न हुने तरंगहरूले नकारात्मक असर धेरै पार्न सक्छ । त्यसैले ग्रहण लाग्ने समय ४/५ घण्टा अघि नै पेट खाली राख्नु शरीरको हितमा हुन्छ ।

यो पनि पढ्नुहोस्

आज खण्डग्रास सुर्यग्रहण लाग्दैछ, ग्रहण लाग्दा के गर्नुहुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!