साहित्य-कला

चन्द्रग्रहण

नियति हो तिम्रो जीवन त्यसैगरी,
ग्रहण लागि अन्धकार झैं कहिले नि नभैदियोस,
पात्रो पल्टाई शुभ अनि अशुभको कुरा सरी,
तिम्रो जीवन भोगाईमा अशुभ चाहिँ नभैदियोस,

प्रकृतिको नियती हो लाग्छ ग्रहण घरिघरी,
तर तिम्रो सफलतामा त्यस्तो पनि नभैदियोस,
ज्योतिषीको फलित पात्रो माननाश कष्टसरी,
तिम्रो सुख शान्तिलाई खल्बल्याउने नभैदियोस,

चन्द्रग्रहण आउँछ जान्छ अन्तरालमा यसैगरी
बांचुन्जेल तिमीलाई ढाक्न ग्रहण नआईदियोस,
अशान्ति र खति गर्ने ग्रहण हुन्न कसै गरी,
सम्बन्धमा यो ग्रहणले बिग्रह चाहिँ नल्याइदियोस,

*धातामणि पोखरेल साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!