जीवन-दर्शन

आज्ञाकारिता सम्बन्धी केहि विश्वप्रसिद्द रोचक भनाईहरु

आज्ञाकारिता सम्बन्धी केहि विश्वप्रसिद्द रोचक भनाईहरु ! सबै अभिभावकको चाहना सन्तान आज्ञाकारी होस्, अभिभावकले भनेको मानून् र भविष्यमा असल मानिस बनून् भन्ने हुन्छ। यही चाहना राखेर अभिभावकले सधैं आफ्नो सन्तानलाई शिक्षादीक्षा दिइरहनु हुन्छ ।

सबै अभिभावकहरूसंँग उमेरका कारण तपाईंहरूको तुलनामा धेरै व्यावहारिक अनुभव हुन्छन् । उहाँहरूले भन्ने कुरा अनुभवले भन्ने हुन्छ । त्यसैले आफ्ना अभिभावकले भनेको कुरा सधैं राम्ररी सुन्ने र त्यसलाई व्यवहारमा लागू गर्ने प्रयास गर्नुपर्छ । आज्ञाकारिता सम्बन्धी केहि विश्वप्रसिद्द रोचक भनाईहरु यस प्रकार छन् ।

आज्ञाकारिता सबै गुणहरुको जननी हो ।

– सेन्ट अगन्स्टाइन

शिशुहरुलाई पहिले अनुशासनको शिक्षा देऊ, त्यसपछि तिम्रो चाहनाजस्तै तिनीहरु बन्छन् ।

– फ्र्याङ्कलिन

जो मानिस अरुको काम गर्छ, बेखुसी हुँदैन । बरु त्यो मान्छे बेखुसी हुन्छ जो आफ्नो इच्छाविरुद्ध केही काम गर्छ ।

– सेनेका

तिनीहरुको काम उत्तर दिने हैन, तर्क गर्ने पनि हैन तर मात्र काम हो । गर या मर ।

– अल्फ्रेड टेरिसन

दुष्टचाहिँ डरले आज्ञाकारी हुन्छ तर सज्जन मान्छेचाहिँ प्रेमपूर्वक आज्ञापालन गर्छ ।

– अरस्तु

यो पनि पढ्नुहोस्   

आमा सम्वन्धी विश्व प्रशिद्ध भनाईहरु

हेर्नुहोस् गोप्यता सम्वन्धी महान व्यक्तिका प्रेरक भनाईहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!