हेल्थ टिप्स

तिते करेला खानुका फाइदाहरु

आयुर्वेदिक चिकित्सामा तिते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ ।

पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ । तिते करेलाको स्वाद तितो हुने भएकाले यसलाई मानिसहरु खान खासै रुचाउँदैनन् । तर यो मानव स्वास्थ्यको लागि निकै नै फाइदाजनक छ । यसका फाइदाहरु यस प्रकार छन् ।

१. शरीरमा कफ जम्मा भएमा करेला निकै नै लाभदायक हुन्छ । यसमा पाइने फस्फोरसले शरीरको कफलाई बाहिर निकाल्न सघाउ पुर्याउँछ ।

२. करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।

३. करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खानु लाभदायक हुन्छ ।

४. दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु उपयुक्त हुन्छ ।

५. पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

६. बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

७. कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।

८. डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।

९. करेला खानाले रगत सफा बनाउनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

१०. बाथ रोग र हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।

यो पनि पढ्नुहोस्  

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु के के छन् ?

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

स्वास्थ्यको लागि कुन कुन नट्सहरु खाँदा के के फाइदाहरु हुन्छ ?

तामाको भाँडामा राखेको पानी पिउदाका फाइदाहरु

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु के के छन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!