राजनीतिराष्ट्रिय समाचार

निर्वाचनको मैदानमा कति उम्मेदवार कहाँवाट उत्रिदैछन

मंसीर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५१८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी १११ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसै प्रणाली अन्तर्गत दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३८४ जनप्रतिनिधि चुनिनेछन् ।

प्रत्यक्ष निर्वाचनअन्गर्त प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १९४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३२३९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर १ मा ३१ दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि २८७ र प्रदेशसभा सदस्यका लागि ४७० उम्मेदवार मैदानमा छन् ।

प्रदेश नम्बर २ मा ३७ दलले प्रत्यक्ष चुनावमा उम्मेदवार उठाएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ५४२ र प्रदेशसभा सदस्यका लागि ९८५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर ३ मा ४२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि ४५२ र प्रदेशसभा सदस्यका लागि ६३३ उम्मेदवार छन्।

प्रदेश नम्बर ४ मा २६ दलले प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन् । जहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १५५ र प्रदेशसभा सदस्यका लागि २३७ उम्मेदवार मैदानमा छन् ।

प्रदेश नम्बर ५ मा ३१ दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ३२५ र प्रदेशसभा सदस्यका लागि ६०२ उम्मेदवार छन् ।

प्रदेश नम्बर ६ बाट प्रत्यक्ष निर्वाचनमा १८ दलले भाग लिएको प्रतिनिधिसभा सदस्यका लागि ८१ र प्रदेशसभा सदस्यका लागि १३३ उम्मेदवार मैदानमा छन् ।

प्रदेश नम्बर ७ मा २० दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि १०६ र प्रदेशसभा सदस्यका लागि १७९ उम्मेदवार छन् ।

मंसिर १० मा पहिलो चरणअन्तर्गत ३२ जिल्लामा चुनाव हुँदैछ । ती जिल्लामा ३२ लाख २८ हजार ८७९ मतदाता छन् । बाँकी जिल्लामा दोस्रो चरणमा मंसिर २१ मा मतदान हुनेछ । दोस्रो चरणको निर्वाचनबाट प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभातर्फ २५६ सदस्य चुनिनेछन् ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १६५ र समानुपातिकबाट ११० सांसद चुनिने छन् । सातवटै प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० जना र समानुपातिकबाट २२० सांसद निर्वाचित हुनेछन् । दुई चरणको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८२५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । नेपालमा अहिले कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ छ ।

समानुपातिक उम्मेदवार ५८३८ छन्, निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ २२७३ र प्रदेशसभातर्फ ३५६५ गरी ५८३८ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

समानुपातिकतर्फ प्रदेश नम्बर १ बाट ५७७, प्रदेश नम्बर २ बाट ८०४, प्रदेश नम्बर ३ बाट ७७४, प्रदेश नम्बर ४ बाट ३१९, प्रदेश नम्बर ५ बाट ६०४, प्रदेश नम्बर ६ बाट २०६ र प्रदेश नम्बर ७ बाट २८१ जनाको सूची राजनीतिक दलले आयोगमा बुझाएका छन् ।

तीन प्रतिशत मत ल्याउने दलले मात्र समानुपातिक सदस्य पाउनेछन् । समानुपातिक तर्फका लागि ५३ दलले बन्दसूची नामावली बुझाएका छन् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!