धर्म-सस्कृति

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र ! यो पैसा कस्तो बेइमान हुनेलाई भएको भई नहुनेलाईं खाली हात आखिर किन यस्तो हुन्छ । यसको पछि ठूलो रहस्य छिपेको रहेछ । मैले यो रहस्य जान्न निकै कोसिस गरे र केही हदसम्म सफल पनि हुन पुगे । पैसा कमाउन मानिस जे गर्न पनि तयार हुँदा रहेछन् । तर पैसा अप्ठयारो ठाउँमा हुनाले कमाएर बचत गर्न नसके एक ठाउबाट अर्को ठाउँमा पुग्दो रहेछ । हामीले पैसा जम्मा होस् पैसामा हातमा टिकोस् भन्ने चाहना कसलाई नहोला र आज मैले यसै विषयमा पाठकलाई पैसा आएको आई रहने मुस्लिम मन्त्र पस्कन गइरहेको छु ।

हामी मेहनत गर्छौं तर कमाएको पैसा थोरै-थोरै गरेर बाहिर गएको हुन्छ पत्तै लाग्दैन तर यो विधि अपनाउनुस हजुरलाई पैसाको कमि कहिलै महसुस हुने छैन । जसलाई यो वेकार हो भन्छन् त्यस्ताले यो नगर्नु राम्रो भनेको छ मन्त्र शास्त्रमा । जहाँ विश्वास त्यहाँ फल भनेको छ । हामीले दैनिक पुजा गर्छौं पुजा गर्नुको सवैभन्दा ठूलो रहस्य शायद कसैलाई थाहा नहोला तर मलाई भने थाहा हुने गरेको छ । जीवन सफल होस्, धन पैसाले ढुकुटी कहिल्यै खाली नहोस् भनेर हरेक घरकी लक्ष्मीले माग गरेकाले नै आज पुरूष धनी हुन सफल भएका छन् यो कुरा हरेकले बुझ्न आवश्यक छ ।

पुजा गर्दा पनि हामी कति स्वार्थमा छौं, भगवानलाई प्रसाद दिदै भन्छौं हे लक्ष्मी मलाई धेरै धनसम्पति देउ मलाई । अरू केही चाहना छैन विरामी भए विदेशबाट ल्याएको औषधि भएपनि खाम्ला तर पैसा जति दिनुभएपनि हुन्छ भनेर हामीले पुजा गरेका हुन्छौं । यो मन्त्र मलाई बाबाले दिनुभएको थियो यो मन्त्रलाई शुद्ध भएर विहान केहि नखाई ५०१ पटक कोरा कागतमा लेखेर पैसा राख्ने तिजोरी र पकेटमा राख्नु पकेट र सेफ सधै भरी रहनेछ ।

Like & Follow us on Facebook

कसैले सोध्नु होला कामै नगरी पैसा कसरी तिजोरीमा पुग्छ पहिले काम गर्नुस बचत गर्ने बानी बसाल्नुस । लक्ष्मी खुसी भएर तपाईंलाई धनको अभाव कहिल्यै हुनेछैन । काम नगरी पैसा त्यसै फल्दैन काम गर्नुस मेहनत गर्नुस, तपाईले स्वयमलाई परिवर्तन पाउनु हुनेछ । माथि ५०१ पटक लेख्ने कुरा भने तर के लेख्ने भन्ने जिज्ञाषा जागेको होला लेख्ने मन्त्र यस्तो छ आजै सेभ गरेर राख्नु होला है ।

मन्त्र : या मुसब्बिब बल असबाब

यो लेखकको व्यक्तिगत अनुभव र विश्वास हो । कस्तो हुन्छ तपाईले लागू गरेर हेर्नुहोस् ।

यो पनि पढ्नुहोस्

लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु

लक्ष्मीपूजा र यसको महत्व

लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु

लक्ष्मीपूजा तथा दिपावलीसँग जोडिएका रोचक तथ्यहरु

लक्ष्मी माता खुशी पार्ने आरती

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!