विज्ञान जिज्ञासा

नुहाईधुवाई गरेर मात्र खाना खानुपर्छ भन्ने हिन्दु मान्यताको वैज्ञानिक कारण के ?

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दु धर्मशास्त्रमा भनिएका कुराहरु सवै रुढिवादी मात्र नभएर कतिपय धेरै मान्यताहरुको पछि वैज्ञानिक कारण पनि लुकेको हुन्छ । तर विडम्वनाको कुरा के छ भने बच्चादेखि यहि हाम्रो हिन्दु धर्म संस्कृतिको मान्यता अवलम्वन गर्दै आउने तर पढेर अलि-अलि जान्ने हुने बितिकै आफुलाई बडो आधुनिक र बैज्ञानिक ठानी हाम्रा धर्म संस्कृतिमा भएका राम्रा मान्यताहरुलाई समेत पचाउन नसक्ने चरम भौतिकवादी टपरटुयिया मपाई हुने अल्पज्ञानी र चरम आधुनिक भौतिकवादी विद्वानहरुको संख्या हवात्तै बढेको छ हाम्रो देश नेपालमा र विदेशमा बस्ने नेपालीमा । यो केहि नभएर बिकृत मानसिकताको पराकाष्ठा मात्र हो । आफ्नो देशको केहि राम्रो देख्न नसक्ने बिदेशी भन्ने बितिकै हिरा मोती सरह हुने सोच र प्रवृति हटाउनै पर्छ ।

हिन्दू धर्मशास्त्रमा स्नान नगरिकन भोजन गर्नु हुँदैन भनिएको छ । शास्त्रमा लेखिएको छ : अस्नायी समलं भुंक्ते अर्थात् ननुहाई भोजन गर्ने मानिसले मल खाए बराबर हुन्छ । आजकल पश्चिमको अनुकरण गरेर मानिसहरू यी कुरालाई ध्यान दिँदैनन् तर यसका पछाडि वैज्ञानिक कारण विद्यमान छन् ।

Like & Follow us on Facebook

नुहाएपछि हाम्रो शरीरमा पाचनरस उत्तेजित हुन्छ जसले भोजन पचाउन मद्दत गर्छ जबकि नुहाउनुअघि खाना खाँदा शरीरले भोजन पचाउन अतिरिक्त मेहनत गर्नुपर्छ । नुहाउनुअघि झोल पदार्थ मात्र खाएको राम्रो तर ठोस भोजन चाहिँ नुहाएपछि नै खानुपर्छ । नुहाउँदा शरीरको मल सफा हुन्छ । अनि मञ्जन गर्दा दाँतको फोहर पनि निस्कन्छ । नुहाएपछि शरीर ताजा हुन्छ र स्फुर्ति आउँछ अनि भोक जाग्छ र खाना मजाले पच्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!