धर्म-सस्कृति

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लामो यात्रापछि जब हामीलाई थकाई लाग्छ त्यति बेला दुखाई हटाउन हामी प्राय औषधि सेवन गर्दछौं । आज मैले मन्त्रद्वारा थकाई मेटाउने तरिकाबारे प्रकाश पार्ने जमर्को गर्दैछु । यो वैज्ञानिक युगमा पनि यस्तो सम्भव छ, भन्नु होला तर मैले जे देखे त्यो पाठकको जानकारीका लागि यहाँ पस्कन गइरहेको छु ।

हामी नयाँ युगमा प्रवेश गरेका छौं । हामीलाई मन्त्रमा पनि औषधि जस्तै काम गर्ने सक्ति छ र भन्ने प्रश्न उठेको देखिन्छ । आज प्रकृतिले जसरी हामीलाई मानव रूपी शरिर हामीलाई प्रदान गरेको छ, त्यसरी नै जडिबुटी देखि मन्त्रसम्म दिएको पाइन्छ । हामी यति अल्छी भयौं की स्वास्थ्यमा ध्यान नदिन पेन किलर औषधि किनेर खाइहाल्छौं तर यस्को असर बारे अनभिज्ञ छौं ।

हरेक बस्तुको आफ्नै वैज्ञानिक मान्यता बोकेको हुन्छ । यहाँ कसैले औषधि जस्तो ठूलो अरू केही छैन भन्छन् भने मन्त्रले पनि औषधि भन्दा ठूलो काम गर्छ भनेको छ । कुनैपनि बस्तु प्रति जबसम्म विश्बास हुदैन तबसम्म केहिले पनि ठिक नहुने भनेको छ ।

हामीले हरेक विषयमा विश्वास गर्नु राम्रो हो । आज हामीले यसै विषयमा कसरी लाभ उठाउन सकिन्छ भन्ने बारेमा प्रकाश पार्नेछु । रोगलाई प्रकृतिले चुनौती दिन थालेको छ । जति-जति हामीले प्रकृतितर्फ ध्यान नदिएर अप्राकृतिक ढंगबाट उपचार गर्दैछौं यसलाई प्रकृतिले पनि चुनौती दिन थालेको छ ।

Like & Follow us on Facebook

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु ठिक हो । हामीले आफ्नो स्वास्थ्यप्रति समयमा ध्यान दिन सके ठूलो उपलब्धि हुने देखिन्छ । आज जसरी धर्म संस्कृतिलाई पन्छाउने कोसिस गरिएको छ त्यसरी नै हामीले तन्त्र मन्त्रलाई समेत पन्छाउने प्रयत्न गरेको देखिन्छ । आज हाम्रो जंगलमा यस्ता अनेकौं चम्तकारीक जडिबुटी छन् जसलाई सहि समयमा प्रयोग गर्न सके ठूलो उपलब्धि हुनेछ ।

मन्त्र प्रयोग गर्ने विधि

बाहिरबाट आउनासाथ खुट्टालाई चिसो पानीले राम्रोसंग धुनुहोस् धोइसकेपछि “ॐ वासुदेवाय नम:” भन्दै सातपटक मन्त्र पढी पैतालामा हात फेर्नु क्रमश: थकाई समाप्त हुन थाल्दछ । हेर्दा साधारण छ तर यसको प्रयोगले फाइदा देखिन थाल्दछ ।

यो पनि पढ्नुहोस्

तुलसीको तान्त्रीक प्रयोग

अपमार्गको तान्त्रीक प्रयोग

बरको ताँन्त्रीक प्रयोग

आँकको ताँन्त्रीक प्रयोग

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

तान्त्रीक जडिबुटीको प्रयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!