धर्म-सस्कृति

ॐ० उच्चारणले कुन-कुन रोगहरु निको हुन्छ ?

ॐ वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारण विना कुनै पनि धार्मिक कार्य पूरा हुदैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिदैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ । ॐ को नियमित जप गर्नाले अनेकौं शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

१. थाइराइडको समस्या छ भने ॐ को उच्चारण गर्नु लाभदायक हुन्छ । ॐ उच्चारण गर्दा घााटीमा कम्पन पैदा हुन्छ जुन कम्पनले थाइराइड ग्रन्थिमा सकारात्मक प्रभाव पार्छ र समस्या हटाउन मद्दत गर्छ । ॐ को उच्चारणबाट स्वरयन्त्र तथा घाटीको मांसपेशी मजबुत हुन्छ । बढ्दो उमेरमा यो थप फाइदाजनक हुन्छ, नियमित अभ्यास गरिहेर्दा यसको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।

२. ॐ को नियमित उच्चारणबाट पैदा हुने कम्पनले स्वरयन्त्रका साथै साइनसमा समेत प्रभाव पार्छ ।

३. आत्तिने, डराउने वा घबराहट महसुस हुने समस्या भए त्यस्तो भएको बेलामा आाखा बन्द गरेर ५ पटक गहिरो सास तान्दै ॐ को उच्चारण गर्ने हो भने नसोचेको फाइदा प्राप्त हुन्छ ।

४. तनाव भएको बेलामा ॐ को उच्चारण गर्नु फाइदाजनक हुन्छ । ॐ को उच्चारण गर्दा शरीरको विषाक्त पदार्थ बाहिर निस्कन्छ, शरीरमा कुनै टक्सिन बााकी रहादैन र तनाव टाढा भाग्छ ।

५. ॐ को नियमित उच्चारणले रक्त प्रवाह सुचारू बनाएर मुटुलाई स्वस्थ बनाइराख्छ ।

६. ॐ को नियमित उच्चारणले पाचन प्रणाली बलियो बनाउाछ ।

७. ॐ को नित्य उच्चारण गर्दा शरीरमा सदैव युवावस्थाको जस्तो स्फूर्ति आइरहन्छ ।

८. थकान हटाउनका लागि ॐ को उच्चारण गर्नुजस्तो सहज एवं प्रभावकारी उपाय अर्को छैन ।

९. अनिद्राको समस्या छ भने सुत्नुअघि केहीबेर ॐ को उच्चारण गर्नु प्रभावकारी उपाय हुनसक्छ । तसर्थ ओछ्यानमा ग्एपछि ॐ को उच्चारण गर्नुपर्छ ।

१०. ॐ को नियमित उच्चारण गर्दा फोक्सो स्वस्थ रहन्छ ।

११. सुखासन वा पद्मासनमा सीधा बसेर ॐ को उच्चारण गर्दा हुने कम्पनले मेरूदण्डको हड्डी मजबुत बनाउाछ ।

१२. ॐ को नियमित उच्चारण गर्दा तौल नियन्त्रित हुन्छ ।

यो पनि पढ्नुहोस् 

ॐ० शब्द उच्चारण गरी प्राणायाम गर्दा स्वास्थ्यमा पुग्ने फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!