धर्म-सस्कृति

के हो ॐ० शब्दको अर्थ ?

ॐ वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारण विना कुनै पनि धार्मिक कार्य पूरा हुदैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिदैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ ।

ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ । अ को अर्थ हुन्छ उत्पन्न हुनु, उ को अर्थ हुन्छ उठ्नु वा विकास हुनु र म को अर्थ हुन्छ मौन हुनु वा ब्रह्मलीन हुनु । लाई सृष्टिकर्ता ब्रह्मा (Generator) को प्रतीक, लाई स्थितिकर्ता विष्णु (Operator) को प्रतीक तथा लाई संहारकर्ता शिव (Destroyer) को प्रतीक मानिन्छ । त्यसैले अ, उ, म् अलग-अलग पनि परमात्मा हो र ॐकार रुपमा परमात्मा वा ब्रह्म (GOD) को रुपमा तीन देवताको परमब्रह्म स्वरुप पनि हो ।

अ, उ, र म् लाई ऋक्, साम, र यजुर्वेदको प्रतीक पनि मानिन्छ । यस्तै ॐ ले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनलाई समेत बुझाउछ । यसैगरी ॐ ले हिन्दू धर्मका त्रिदेव ब्रह्मा, विष्णु र शिव तथा त्रिदेवी सरस्वती, लक्ष्मी र पार्वतीलाई समेत बुझाउछ । ॐ का यसबाहेक पनि थुप्रै अर्थ छन् । अर्थ जे भएपनि के बुझ्नु जरूरी छ भने ॐ को नियमित जप गर्नाले अनेकौं शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सत्व, रज, र तम तीन गुणको प्रतीक पनि मानिन्छ । परमात्मा सृष्टि, स्थिति, र प्रलय तीनवटै पनि हो र तीनवटै भन्दा अतीत पनि हो । ऊ भुत, वर्तमान, र भविष्य तीनकाल पनि हो र कालातीत पनि हो । आत्माका तीन भेद विश्व (स्थूलस्वरुप), तेजस (प्रकाशस्वरुप), र प्राज्ञ (चेतनस्वरुप) लाई तीन चरण वा पाउ वा अवस्थाहरु मानिएको छ । आत्मा जाग्रत, स्वप्न, र सुषुप्ति तीनवटै अवस्थाको अनुसन्धानकर्ता र अनुभवकर्ता हुन्छ ।यसै कुरालाई माण्डूक्य उपनिषदमा परमात्माको चौथो अवस्था भनी व्याख्या गरिएको छ ।

यो पनि पढ्नुहोस्  

ॐ० उच्चारण र सृष्टिको अनुकम्पनको सम्वन्ध

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!