स्वास्थ्य

स्वस्थ जीवन र लामो आयु बाँच्न के के खाने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वस्थ रहन हामीले के कस्ता खाना खानुपर्छ र यस्ता प्रकारका खानाले धेरै बाच्न सहयोग गर्नेछ । आज हरेक बस्तुमा विषादी हालेको बस्तु चाहे त्यो तरकारी होस् या धान चामल किन नहोस् यसले स्वास्थमा असर नगर्ला भन्न सकिदैन । नेपाली रोगी हुनुमा खानपिनको कारण प्रमुख रहेको देखिन्छ । आफ्नो स्वास्थ्य ठिक होस् बढी बाच्न सकियोस भन्ने चाहना हुनेहरूका लागि आज मैले के के खाने भन्ने विषयमा प्रकाश पार्ने जमर्को गर्दैछु ।

बजारमा यस्ता अनेकौं क्यामिकलयुक्त खाना पलास्टिकमा प्याक भएर आएका छन् । हामीले यस्ता खाना केहि नसोची खाने गर्दछौं । आफ्नो स्वास्थ्य ठिक होस् भन्ने चाहना हुनेले यस्ता बस्तुबाट टाढा रहनु नै फाइदा हुनेछ । आउनुस अब हामीले आफ्नो स्वास्थ्य ठिक हुन के के खानुपर्छ भन्ने तर्फ लागौं ।

स्वस्थ जीवन र लामो आयु बाँच्नका लागि खान सकिने केही खानेकुराहरु

१. हरियो भटमासलाई उसिनेर, तरकारी पकाएर, सुप बनाएर वा टुसा उमारेर पनि खान सकिने हरियो भटमासलाई धेरै तरिकाले पकाएर खाने चलन छ । भटमासमा आइसोफ्ल्याभोन नामक तत्व पाइन्छ जसले शरीरमा पाइने विषादी, क्यान्सर तथा अन्य जिवाणु विरुद्ध लड्न मद्दत गर्दछ ।

२. गाजरमा हुने बेटा क्यारोटिन सुन्तला रंगको हुन्छ । यो तत्वलाई हाम्रो शरीरले भिटामिन ए मा बदल्छ । न्यासनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार हाम्रो शरीरले भिटामिन ए उत्पादन गर्न सक्दैन, त्यसैले हामीले खाने खानेकुराबाट नै शरीरले भिटामिन ए प्राप्त गर्दछ । बेटा क्यारोटिनले रोगसँग लड्न सक्ने क्षमता, दृष्टि, प्रजनन तथा कोषिय सञ्चारको अभिवृद्धि गर्दछ ।

३. हामीले खानैपर्ने खानेकुराहरुमा हरिया तरकारीहरु जस्तै : बन्दा, ब्रोकाउली, सिमी, काउली, मूला, आदिजस्ता तरकारीहरु पनि पर्दछन् । यी तरकारीहरुमा भिटामिन सी, भिटामिन ई, भिटामिन के, खनिज, पोटासियम, क्यालसियम, सेलेनियम, आदि तत्वहरु पाइन्छन् । यस्ता तत्वले लामो आयुसम्म बाँच्न राम्रो भुमिका खेल्दछ ।

४. गेडागुडीमा फाइबर, म्याग्नेसियम तथा पोटासियम प्रशस्तै पाइन्छ, र सबैले तपाईँको रक्तचापलाई स्वस्थ तरिकाले नियन्त्रण गर्न मद्दत पुर्याउँदछ। यसले कम रक्तचाप भएका व्यक्तिहरूलाई पनि कुनै किसिमको हानी पुर्याउँदैन। आफ्नो खानामा यस्ता बस्तु बढी समाबेश गर्नुहोस् ।

५. खाना चाहे जे जस्तो किन नहोस् राम्रोसंग चपाएर खाने गर्नुहोस् । कम खाने बानी बसाल्नुस यसले हाम्रो पाचनक्रियालाई सजिलो हुने र खाएको चाडो पच्न थाल्दछ । खाना खादा ज्यादा पानी नपिउनुहोस् यसले पाचनतन्त्रलाई समेत प्रभाव पार्न सक्छ ।

नोट : स्वास्थ्य शिक्षा आजको आवश्याकता भन्ने नारालाई साकार पार्न सकियोस भन्ने उद्धेश्यले विगत लामो समयदेखि हामीले जानकारी पस्कदै आएका छौं । कतिपय बस्तु सेवन गराउदा जानकार व्यक्तिको खाँचो हुन सक्छ । औषधि होस् या जडिबुटी किन नहोस् सेवन गर्दा डाक्टर, वैद्यको परामर्शमा सेवन गर्ने गरौं भन्ने मेरो राय छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वस्थ शरीरका लक्षणहरु

स्वस्थ्य जीवनशैलीका सूत्रहरू

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

महिलाहरुले स्वस्थ रहन अपनाउनुपर्ने १० सुझावहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!