अचम्मको संसार

मान्छे र पेन्गुइनको यस्तो अनौठो प्रेम ?

ओलम्पिक २०१६ सुरु भएपछि अहिले सबैको ध्यान ब्राजिलको रियो दी जेनेरियोतिर तानिएको छ । तर, यही ठाउँमा बर्सेनि हुने एउटा अनौठो पेन्गुइनबारे धेरैलाई थाहा नहोला । यसअघि पनि कहिलेकाहीँ जनावरको प्रेमबारे सुनिएको छ । ती सबै कथा हामीलाई पत्याउनै गाह्रो पर्ने हुन्छन् ।  त्यस्तै एउटा कथा छ रियो दी जेनेरियोको । ब्राजिलका ७१ वर्षीय जोआओ परेर डिसुजा र त्यहाँको एक पेन्गुइनबीचको प्रेम अचम्मको छ । यो पेन्गुइन हरेक वर्ष आठ हजारभन्दा धेरै किलोमिटर पौडिएर डिसुजालाई भेट्न आउँछ । यस्तो सिलसिला सुरु हुनुको पछाडि केही वर्षअघिको एउटा घटना जिम्मेवार छ ।

डिसुजा रियो दी जेनेरियोको नजिकै एउटा टापुमा कहिलेकाहीँ माछा मार्न जान्थेँ । सन् २०११ मा त्यसरी माछा मार्ने क्रममा उनले समुद्री किनारमा एउटा पेन्गुइन देखे । पेन्गुइन त्यहाँको एउटा ढुंगामा च्यापिएको थियो । पेन्गुइनको शरीर पूरै सुन्निएको थियो । र, ऊ छटपटाइरहेको थियो । डिसुजाले पेन्गुइनलाई त्यहाँ उद्धार मात्र गरेनन्, घरमा ल्याएर उपचार पनि गरे । ऊ पूर्ण रूपमा स्वस्थ नभइन्जेल उनले पेन्गुइनलाई घरमै राखे । त्यसपछि पेन्गुइनलाई पहिलेकै ठाउँमा छोडे ।

त्यही वर्षदेखि यो पेन्गुइन बर्सेनि डिसुजालाई भेट्न उनको घरसम्म आइपुग्छ । आठ महिना त्यहाँ नै बस्छ र बाँकी समय बाहिर निस्कन्छ । अर्जेन्टिनासम्म पुग्ने यो पेन्गुइन फेरि डिसुजालाई भेट्न अर्को वर्ष आइपुग्छ, त्यो पनि हजारौँ किलोमिटर पौडिएर । डिसुजा पनि यो पेन्गुइनलाई आफूले बच्चालाई जस्तै माया गर्ने बताउँछन् ।

साभार :  नयाँ पत्रिका दैनिक

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!