अचम्मको संसार

मानिसहरु आफै गायव हुने संसारका ६ स्थानहरु

संसारमा मानिसहरु घुम्नका लागि विभिन्न स्थानहरुमा जान्छन् । घुमघाममा सौखिन मानिसहरु विभिन्न डरलाग्दा स्थानहरुमा पनि जान्छन् । शाहसिक यात्राका लागि मानिसहरु विभिन्न अप्ठ्यारा स्थानहरुमा जाने गरेपनि धर्तिका यी ७ स्थानहरु जहाँ मानिसहरु आजसम्म जान सकेका छैनन् । पुगेपछि मानिसहरु आफ्सेआफ गायव हुने भएकाले मानिसहरु नगएका हन् । ती सात खतरनाक स्थानहरुका बारेमा छोटकरीमा जानकारी लिऊँ :

१. सुपिरियर ताल

1-750

नर्थ अमेरिकाको यो ताललाई एकदमै खतरनाक तालको रुपमा लिइन्छ । खतरनाक यसकारण की आजसम्म यहाँ कोहीपनि मासिनहरु जान सकेका छैनन् । लगभग २० भन्दा धेरै पानी जहाजहरु यहाँ गायव भएको बताइन्छ । जसको बारेमा आजसम्म कुनै ठेगान छैन । यो तालमा ३० फिट भन्दा अग्लो तुफान उठ्ने गर्छ । यसैका कारण हुनसक्छ यहाँ गायव हुने गरेको अवस्था ।

२. द बेनिङटन ट्रोएङगल

2-750

वेरमोटको साउथ वेस्टको एक घरलाई सबैभन्दा खतरनाक घरका रूपमा लिइन्छ । यहाँ १९४५ मा १८ वर्षकी एक यूवती अन्य दुईजनाका साथ गएकी थिइन् र यही गायव भएको भनिएको छ । त्यस्तै त्यसको ठिक ३ दिन पछि दोस्रो व्यक्ति कुनै जानकारी र सुचना बिना बिलकुल अन्जान मान्छे यहाँ गएको र गायब भएको समाचारमा उल्लेख छ ।

३. कोलम्बियाको हाइवे :

3-750

कोलम्बियाको यस हाइवेबाट धेरै मानिसहरु गायब हुने गरेको समाचारमा उल्लेख गरिएको छ । लगभग १८ जना महिलाहरू यस हाइवेबाट एक साथ गायव भएको बताइन्छ । १९७५ मा मोनिका नामकी एक युवती पहिलो पटक यस स्थानबाट गायब भएकी थिइन् । गायब भएको धेरै दिनपछि उनको हाड धेरै परको सुनसान स्थानमा प्राप्त भएको थियो । तर त्यसपछि गायब भएकी महिलाहरुकाे आजसम्म कुनै प्रमाण फेला नपरेको बताइएको छ ।

४. द बरमुडा ट्राएङ्गल :

4-750
बरमुडा ट्राएङ्गल धेरै नै खतरनाक स्थानका रुपमा लिइन्छ । १२ भन्दा बढि जहाज र प्लेनहरु यो एरियामा आएदेखि दोस्रो पटक त्यसको नाम निसाना देखिएको छैन । फ्लाइट १९ ति जहाज मध्ये धेरै नै चर्चामा आएको जहाज हो । ५ डिसेम्बर १९४५ मा युएसका केही अफिसरहरु चढेको बिमान टे«निङको क्रममा गायव भएका थिए । गायव भएको प्लेन खोज्न जानेक्रममा अर्कोपनि गायव भएको थियो ।
५.द मिशिगन ट्रोयङ्गल

5-750
बरमुडा ट्रोएङगलको नर्थमा मिशिगन ट्रोयङ्गल छ । १८९१ मा थोमस ह्युम र उनकास ७ साथीहरु मिशिगन ट्रोयङ्गलमा अचानक गायव भएका थिए । त्यसपछि १९२१ मा यस क्षेत्रमा एउटा पानी जहाज देखिएको र त्यो केही समयपछि नै गायव भएको बताइन्छ । गायव भएको पानी जहाजको बारेमा आजसम्म कसैलाई केही थाहा छैन । त्यसपछि १९५० मा नर्थवेस्ट एयरलाइन्स फ्लाइट २५०१ जसमा लगभग ५८ जना यात्रीहरु सवार थिए उक्त जहाजपनि यही गायव भएको बताइएकोछ ।

६. अमेरिकाको नेशनल पार्क

7-750
अमेरिकाको यो नेशनल पार्क पुरै ८४ मिलियन हेक्टरमा फैलिएको छ । यसको चारैतिर घनाजंगलले घेरिएको छ । कतै कतै मरुभूमि र अग्ला अग्ला पहाडहरुपनि छन् । उक्त घना जंगलमा गएकाहरु आजसम्म कोहीपनि फर्किएर आएका छैनन् । यसै पार्कको रहस्यको बारेमा डेब्ड पालिडेसले आफ्नो किताव मिसिङ ४११ लेखेका छन् । सो जंगलमा आजसम्म १ हजार एक सय जना भन्दा धेरै गायव भएको बताइन्छ ।

साभार :   एजेन्सीको सहयोगमा खवर डवली डट कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!